रियल फर्किन बेलले एन्सेलोटीसँग कुरा गर्ने, कुरा नमिले फुटबलबाटै सन्यास लिने !

एजेन्सी – रियल म्याड्रिड खेलाडीका रूपमा ग्यारेथ बेलको उत्कृष्ट प्रदर्शन कार्लो एन्सेलोटीको पालामा रहयो। रियल म्याड्रिडको प्रशिक्षकको रुपमा एन्सेलोटीको पहिलो बसाईमा बलेले धेरै नै राम्रो प्रदर्शन गरेका थिए।

उनी एन्सेलोटी अब पुनः रियल फर्किने भएका छन्। उनी रियल फर्किने फर्किने भएसँगै वेल्स तथा रियल मड्रिडका स्ट्राइकर ग्यारेथ बेलले एन्सेलोटीसँग छलफल गर्ने भएका छन्।

पछिल्लो समय सन्यास लिन लागेको भनेर चर्चा गरिएका बेलले एन्सेलोटीसँग आफ्नो भविष्यलाई लिएर छलफल गर्न लागेका हुन्। बेलले एन्सेलोटीसँग रियल म्याड्रिडमा आफ्नो भूमिका रहने नगर्ने बारे छलफल गर्न लागेको बताइएको छ।

रियल फिर्ता हुने सम्भावना कति ?

रियल म्याड्रिडबाट लोनमा टोटेनहम पुगेका ग्यारेथ बेलको भविष्य अझै अनिश्चित छ। एक सिजनको लागि लोनमा टोटेनहम पुगेका उनको टोटेनहम बसाइ पनि अन्त्य भएको छ । उनको भविष्य के होला भन्ने विषयमा सबैको चासो छ।

रियल म्याड्रिडमा पूर्वप्रशिक्षक जिनेदिन जिदानसँग सम्बन्ध राम्रो नभएर मौका नपाएका बेल गत सिजन मात्रै लोनमा टोटेनहम पुगेका हुन्। टोटेनहममा पनि उनको खस सोचे जस्तो प्रदर्शन रहन सकेन।

रियलमा खासै मौका नपाएका बेलले टोटेनहमका लागि सबै प्रतियोगितामा बेलले १६ गोल गरे । विभिन्न खेलहरुमा बेल निर्णायक पनि सावित भए। यूईएफए युरोपा कन्फ्रेन्स लिगका लागि टोटेनहम उनकै कारण छनोट भयो। सिजनको अन्तिम खेलमा बेलले दुई गोल गरेका थिए। उनकै दुई गोलका कारण लेष्टर विरुद्ध टोटेनहमले ४–२ को जित निकालेको थियो।

स्पेनिस पत्रिका मार्काका अनुसार बेलले रियलमा पुनः मौका पाउने सम्भावना अत्यन्तै कम छ। बेलले युरोपियन च्याम्पियन्स प्रतियोगिताको अन्त्य सँगै सन्यास लिने मार्काको दावी छ।

प्रकाशित : शनिबार, जेठ २२, २०७८१६:२२

ब्राजिलमा हुने भनिएको कोपा अमेरिका ब्राजिलका खेलाडीहरुले नै बहिस्कार गर्ने !