फ्री ट्रान्सफरमा विज्नाल्डम भित्र्याउने खोजिरहेको बार्सिलोनालाई पीएसजीको झड्का !

एजेन्सी – लिभरपुलका पूर्व खेलाडी जर्जिनियो विज्नाल्डमलाई फ्री ट्रान्सफरमा भित्र्याउने तयारीमा रहेको बार्सिलोनालाई झड्का लागेको छ। विज्नाल्डमलाई भित्र्याउने दौडमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पीएसजी) पनि जोडिएपछि बार्सिलोनालाई धक्का लागेको हो।

पाँच वर्षे लिभरपुल बसाईको अन्त्य भएको घोषणा गरिसकेका विज्नाल्डम बार्सिलोना जाने अनुमान धेरैले गरेको भएपनि पीएसजीको इन्ट्रीले शंका पैदा गरेको ईएसपीएनले जनाएको छ।

ईएसपीएनका अनुसार विज्नाल्डम भित्र्याउने विषयमा बार्सिलोना पछि पर्न सक्छ। विज्नाल्डमलाई पीएसजी राम्रै पारिश्रमिक दिन तयार रहेको ईएसपीएनको दावी छ।

पीएसजी बार्सिलोना भन्दा बढी पारिश्रमिक दिन तयार भएसँगै विज्नाल्डम पीएसजी जाने सम्भावना बढेको अन्य अन्तराष्ट्रिय संचार माध्यमहरु दावी गर्छन् ।

सन् २०१६ मा लिभरपुल पुगेका विज्नाल्डमको सम्झौता यहि महिना सकिँदैछ। उनले लिभरपुलसँग सम्झौता थप नगर्ने घोषणा गरिसकेका छन्। लिभरपुलले उनलाई बिदा पनि गरिसकेको छ।

लिभरपुलमा रहेर उनले प्रिमियर लिग, च्याम्पियन्स लिग, सुपरकपसँगै क्लब वर्ल्डकप पनि जिते। लिभरपुलका लागि उनले कुल १ सय ७९ खेल खेले। त्यसमा उनले १६ गोल गरे।

बार्सिलोना विरुद्धको त्यो प्रदर्शन

विज्नाल्डमको सबै भन्दा उत्कृष्ट र लिभरपुल समर्थलले सधैं सम्झने प्रदर्शन सन् २०१९ मा बार्सिलोना विरुद्ध रह्यो। च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोना विरुद्ध लिभरपुलले कम्ब्याक गर्दा विज्नाल्डमको मूख्य ब भूमिका रह्यो। वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेको उनेल दुई मिनेटको अन्तरमा दुई गोल गर्दे लिभरपुललाई जिताउन भूमिका खेलेका थिए।

प्रकाशित : शनिबार, जेठ २२, २०७८१७:०६

रोनाल्डो पछि पछिलोपटक पोर्चुगिज खेलाडीलाई प्रिमियर लिग प्लेयर अफ दि सिजनको उपाधि !