सोचेजस्तो रहेन रोनाल्डोको म्याड्रिड भ्रमण, यस्तो सम्म व्यवहार भयो !

एजेन्सी – पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले शुक्रबार म्याड्रिड फर्कदा सुखद स्वागत भने पाउन सकेनन् । रियल म्याड्रिडका पूर्व फरवार्ड पोर्चुगिज टोलीका साथ स्पेनविरुद्धको युरोपियन च्याम्पियनसिप अघिको मैत्रीपूर्ण खेलका लागि म्याड्रिड पुगेका थिए ।

एट्लेटिको म्याड्रिडको मैदान वान्डा मेट्रोपोलिटानोमा भएको खेल हेर्न उपस्थित दर्शकले उनीलाई खासै सद्भाव देखाएनन् । खेलअघिको वामअर्पको समयमा रोनाल्डोले जति पटक बल छोए त्यतिनै दर्शकले गिज्याउने र सिठ्ठी बजाउने गतिविधि प्रस्तुत गरेका थिए ।

रोनाल्डो एक्लो थिएनन्

स्पेनको राजधानीमा भएको खेलमा रोनाल्डो मात्र होइन उनका युभेन्ट्स सहकर्मी स्पेनका फरवार्ड अल्भारो मोराटा, स्पेनिस टोलीका प्रशिक्षक लुइस इन्रिके दर्शकको हुटिङको शिकार भए । दर्शकले उनीहरुको विरोध गर्दै सिठ्ठी बजाएका थिए । खेल अघिबाटै इन्रिकेलाई दर्शकले हुटिङ गरे । खेल अघि बढ्दै जाँदा मोराटाले गोल गर्ने अवसर गुमाएसँगै दर्शकले निरन्तर गालीगलौज गरेका थिए ।

‘मलाई त्यो खासै मतलब छैन,’ मोराटालाई लिएर दर्शकको प्रतिक्रियाका बारेमा इन्रिकेले भने, ‘मोराटाले निकै दबाब सृजना गरेका थिए । उनले विपक्षीलाई संकटमा पार्दा ताली बजाउनु । उनले ४० मिटर बल लिएर गोलरक्षकलाई छक्याएपछिको प्रहार क्रसबारमा लाग्यो । दर्शकले मलाई सिठ्ठी मारुन केहि छैन । तर मेरो खेलाडीलाई गरेको मलाई मन पर्दैन।’

स्पेन र पोर्चुगलको अभ्यास खेल गोलरहित बराबरीमा टुंगिएको थियो । युरो कपमा स्पेन समूह ‘इ’मा पोल्यान्ड, स्लोभाकिया र स्वीडेनका साथ तथा पोर्चुगल, फ्रान्स, जर्मनी र हंगेरी समूह ‘एफ’मा छन् ।

प्रकाशित : आइतबार, जेठ २३, २०७८१०:०९

मेस्सी र रोनाल्डोले नभई कान्टेले ब्यालोन डी’ओर जित्ने दावी !