स्वास्थ्यकर्मीलाई कुटपिट गरे अब तीन वर्ष कैद

काठमाडौँ, अब स्वास्थ्यकर्मीलाई कुटपिट गरेपछि तीन वर्ष कैद हुनुपर्ने नयाँ व्यवस्था गरिएको छ । राष्ट्रपति विद्यादवी भण्डारीले आज जारी गर्नु भएको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८’ मा अब स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद बस्नुपर्ने व्यवस्था गरिएको हो ।

अध्यादेशको दफा ३ मा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रुपमा चोट पु¥याए तीन वर्ष कैद वा रु तीन लाख जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । अध्यादेशमा स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पु¥याएमा पनि तीन वर्ष कैद वा तीन लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ । यस्तै अध्यादेशमा स्वास्थ्य संस्यामा आगजनी गरे दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा दुई लाख रुपियाँदेखि पाँच लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

यसैगरी स्वास्थ्य संस्थामा तालबन्दी गर्न वा घेराउ गरे, स्वास्थ्य संस्थामा उपचारका लागि आएका बिरामीको उपचार गर्ने कार्यमा कुनै किसिमको बाधा पु¥याए वा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्न कुनै किसिमको धम्कि दिए, गालीगलौच गर्न वा अभद्र र अपमानजनक व्यवहार गर्न गरे एक वर्षसम्म कैद वा एक लाख रुपियाँ जरिवाना वा दुवै सजायको व्यवस्था गरिएको छ ।

प्रकाशित : आइतबार, जेठ २३, २०७८२०:०५

अन्ततः पछि हटे ओली, २०७५ जेठ २ अघिको पूर्वास्थामा फर्किने घोषणा !