अभिनेत्री नभई एयरफोर्स पाईलट बन्न चाहन्थिन् दिशा पाटनी, यसरी बदलियो बाटो !

बलिउड अभिनेत्री दिशा पाटनीले  फिल्म इंडस्ट्रीमा आफ्नो एक अलग पहिचान बनाईसकेकी छन्। हालै उनले  सलमान खानसँग  फिल्म ‘राधे’ मा देखिएकी थिइन्। दिशा अनुसार उनले कहिले पनि अभिनेत्री बन्ने सोचेकी थिइनन्। उनले आफु लजालु केटि भएको बताएकी थिइन्।

हालै दिशाले आफु एयरफोर्स पाईलट बन्ने चाहने कुरा खुलासा गरेकी थिइन्। आफ्नो करियरको बारेम्मा कुरा गर्दै दिशाले भनेकी थिइन् ,” मैले जो भेटे वा जहाँ म आज छु, म यसका लागि आफूलाई  निकै भाग्यमानी ठान्छु। म धेरै खुसी र सन्तुष्ट छु। ”

उनले भनिन्उ , ” मैले  हिरोइन बन्ने बारेमा कहिले सोचेकी थिइन्। साथै कहिले पनि सोचेकी थिइन् कि म क्यामेराको अगाडी अभिनय गर्नेछु। बाल्यकालदेखि मेरो एयरफोर्स पाईलट  बन्ने सपना थियो। अब यस्तो हुनेवाला छैन। ”

दिशाले मोडडलिंगबाट आफ्नो करियर सुरु गरेकी थिइन्।  उनले सन् २०११ मा  लखनऊको एमिटी यूनिभर्सिटीमा बायोटेकको पढाईको क्रममा मोडलिंग सुरु गरेकी थिइन्। लखनऊमा फेयरवेल पार्टीमा दिशालाई  मिस कलेज चुनिएको थियो। त्यसपछि उनले मिस लखनऊ प्रतियोगितामा भाग लिइन्।

मिस लखनऊ बनेपछि दिशा प्यान्टालुन्स फ्रेश फेस हन्ट मा फर्स्ट रनरअप भएकी थिइन्।  उनी  २०१३ मा फेमिना मिस इन्दौर प्रतियोगितामा  फर्स्ट रनर भएकी थिइन् ।

मोडलिंगबाट अभिनयमा आएकी दिशा थुप्रै हिट फिल्ममा देखिसकेकी छन्। उनके ‘राधे : योर मोस्ट वान्टेड भाई’ बाहेक सलमान खानसँग फिल्म भारतमा काम गरिसकेकी छन्।  यसबाहेक दिशा ‘एक भिलेन २ ‘ मा पनि काम गरिरहेकी छन्। दिशा फिल्मको साथसाथै टाइगर श्राफसँग आफ्नो सम्बन्धको  चर्चामा रहन्छिन्।

 

प्रकाशित : सोमबार, जेठ २४, २०७८१७:५१

वास्तविक नामबाट नभई अन्य नामबाट चर्चित भए यी बलिउड कलाकार