मूख्य दावेदार कान्टे ब्यालोन डी’ओर जित्ने बारे यस्तो भन्छन् !

एजेन्सी – फ्रान्सेली राष्ट्रिय फुटबल टोली तथा चेल्सीका खेलाडी एनगोलो कान्टेले ब्यालोन डी’ओरको बारेमा अहिले नै चर्चा गर्नु छिटो हुने बताएका छन्।

एक पत्रकार सम्मेलनमा पत्रकारहरुसंग कुराकानी गर्नेक्रममा कान्टेले वर्षको छैठौं महिना चलिरहेको अवस्थामा ब्यालोन डी’ओरको बारेमा चर्चा गर्नु छिटो हुन जाने बताएका हुन्।

उनले भने,”अहिले नै यस बारे चर्चा गर्नु छिटो हुन्छ। हामी बर्षको मध्यमा छौं, अझै ६ महिना बाँकी छ। यस अवधिमा धेरै खेल र प्रतियोगिताहरुमा छन्। आज नै म ब्यालोन डी’ओरको हकदार छु भन्न गलत हुन्छ।”

आफू ब्यालोन डी’ओर जित्ने कुरामा मात्र केन्द्रित नभएको कान्टेले बताए। ब्यालोन डी’ओर ठूलो व्यक्तिगत इनाम भएपछि त्यसका लागि मात्र आफू नखेल्ने कान्टेको भनाई छ।

“यो एक ठूलो व्यक्तिगत इनाम हो। म यसलाई खेलाडीहरूको लागि राम्रो सिजनको परिणामको रूपमा देख्छु। यो लक्ष्यमा म काम गरिरहेको छैन।”,उनले भने।

चेल्सीले च्याम्पियन्स लिग जित्दा कान्टेले महत्वपूर्ण भूमिका निभाएका थिए। उनकै प्रभावशालि प्रदर्शनकै कारण चेल्सीले च्याम्पियन्स लिगमा त्यसप्रकारको सफलता हाँसिल गर्म सफल भएको थियो। पछिल्लो समय ब्यालोन डी’ओर दौडमा कान्टे धेरै अगाडी देखिएका छन्। डी’ओर दौडमा उनी अहिले मेस्सी र रोनाल्डो भन्दा पनि अगाडी छन्।

चल्सीको भविष्य बारे यसो भने

कान्टेले चल्सीमा आफ्नो भविष्य बारे चर्चा गर्ने समय भैनसकेको पनि बताए। चेल्सीमा आफूले ५ वर्ष बिताइसकेको बताउँदै उनले अझ दुई वर्ष सम्झौता बाँकीरहेको पत्रकारहरुलाई बताए।

प्रकाशित : सोमबार, जेठ २४, २०७८१३:४०

बार्सिलोनाका लागि नेयमार नभई नेयमारका लागि बार्सिलोना मरिहत्ते गरिरहेको खुलासा !