बार्सिलोनाका लागि नेयमार नभई नेयमारका लागि बार्सिलोना मरिहत्ते गरिरहेको खुलासा !

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पीएसजी)का अध्यक्ष नासेर अल-खिलाफीले नेयमार लामो समय देखि पीएसजीमै कटिवद्ध रहेको दावी गरेका छन्।

एक मिडियासँग कुराकनी गर्नेक्रममा नासेर अल-खिलाफीले सन् २०१९ मा नेयमारले बार्सिलोना फिर्ता हुन चाहेको भन्दा चलेको हल्लालाई खारेज गर्दा नेयमार पीएसजीमै कटिवद्ध रहेको बताएका हुन्। बार्सिलोनाले नेयमारलाई फिर्ता चाहेको भएपनि नेयमारले भने बार्सिलोना फिर्ता हुन कहिले पनि नचाहेको खिलाफीले बताए।

“बार्सिलोना जहिले नेमारलाई फिर्ता लिन चाहन्थ्यो, यो कुनै गोप्य कुरा होइन।”,खिलाफीले भने,”तर नेयमार कहिले पनि बार्सिलोना फिर्ता हुन चाहदैनथे।”

फ्रान्सको वातावरणमा घुलमिल हुन नेयमारलाई केहि समय कठिन भएको खिलाफीले स्वीकारे। यधपी अहिले आएर नेयमार फ्रान्स र पेरिसको वातावरणमा पूर्ण रुपमा घुलमिल भैसकेको उनको भनाई छ।

उनले भने,”यो सत्य हो कि पेरिस र फ्रान्समा घुलमिल हुन नेयमारलाई समय लाग्यो। तर अहिले उनलाई सोध्नुस्, उनले आफू सन्तुष्ट र पूर्ण रहेको जवाफ दिनेछन्।”

हरेक खेलाडीलाई लिएर गलत समाचार फालिने गरेको प्रति उनले आपत्ति जनाए। नेयमार पनि त्यस्तै समाचारहरुको शिकार भएको उनको भनाई छ। उनले नेयमारसँग सम्झौता हुन केहि ढिला भएको भने स्वीकारे। पछिल्लो समय विश्वभर फैलिएको कोरोना महामारीका कारण सम्झौता थप हुन केहि समय लागेको अल-खिलाफीको स्पष्टिकरण छ।

प्रकाशित : सोमबार, जेठ २४, २०७८१६:०१

रियल गएदेखि भाग्यले हाजार्डको साथ छाडेकै हो त ?