जोर्डनकोविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा, यस्तो छ प्लेयिंग ११ !

काठमाडौं – विश्वकप तथा एसिया कप छनोट अन्तर्गत समूह चरणको सातौँ खेलमा जोर्डनको सामना गर्ने नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ ।

प्रशिक्षक अलमुताइरीले पछिल्लो खेलबाट तीन परिवर्तन गरेका छन् । जोर्डन विरुद्ध अलमुताइरीले केहि रक्षात्मक रणनीति अपनाउने देखिएको छ। चाइनिज ताइपेइ विरुद्ध खेलेका सुनिल बल, आशिष लामा र गौतम श्रेष्ठ टोलीबाट बाहिरिएका छन्। उनीहरुको ठाउँमा अभिषेक रिजाल, दीनेश राजवंशी र विकास खवासलाई मौका दिइएको छ।

नेपालको प्लेयिंग ११ यस प्रकार छ:-

किरण चेम्जोङ (कप्तान)/ अनन्त तामाङ/ रोहित चन्द/ विकास खवास/ सुमन अर्याल/ पुजन उपरकोटी/ सुमन लामा/ सन्तोष तामाङ/ अन्जन विष्ट/ दीनेश राजवंशी/ अभिषेक रिजाल

प्रकाशित : सोमबार, जेठ २४, २०७८२१:००

सुनिल क्षेत्रीले मेस्सीलाई उछिने, रोनाल्डोलाई पछ्याउँदै !