माधुरी दीक्षितले शेयर गरिन् यस्ता तस्विर, सबैले गरे तारिफ !

यस कुरामा कुनै शंका छैन कि बलिउड अभिनेत्री माधुरी दीक्षित सुन्दरताकी महारानी नै हुन्।  माधुरी बेस्ट एथनिक आउटफिट्स लगाउने कुरामा मात्र नभई उनी कम्फर्ट अनुसार स्टाइलको परफेक्ट ब्यालेन्स गर्न पनि माहिर छिन्।

हालसालै माधुरीका केहि तस्विर सार्वजनिक भएका छन्, जसले धेरैको ध्यान तानीरहेको छ। चर्चित फेशन डिजाइनर सुकृति एण्ड आकृति कलेक्शनको कलेजी कलरको लेहेंगामा माधुरी धेरै नै सुन्दर देखिएकी छन् ।

माधुरीले आफ्नो लागि चुनेको लेहेंगा कस्टम ह्यान्डमेड सेट हो। जुन शिमर फेब्रिक प्रयोग गरेर डिजाइन गरिएको हो। माधुरीले यससँग  स्कूप डिटेलिंग ब्लाउज  लगाएकी छन्। माधुरीले लाइट शेड वाला आईश्याडो ,म्याट न्यूड लिप कलर र पोनीटेलले आफ्नो लुक पूरा गरेकी छन् । आफ्नो भव्य लुकलाई अझै आकर्षक बनाउन उनले  म्याचिंग ब्रासलेट पनि लगाएकी छन्।

प्रकाशित : बुधबार, जेठ २६, २०७८१७:१४

महँगो आउटफिटमा धपक्कै बलेकी हिना, मूल्य सुन्दा अचम्म लाग्नेछ ! [तस्विर सहित]