सावधान ! तपाईका यस्ता गल्तीले गर्दा नै कमजोर हुन्छ हड्डी, छिट्टै बुढो हुन्छ ज्यान !

थुप्रैपटक मान्छेहरु आफ्नो उमेरको हिसाबले नभई पहिले नै बुढाबुढी हुन्छन्, जसको मुख्य कारण जीवनशैली हो। प्राय मान्छेहरु आफुलाई केहि हुदैन भन्ने  सोच्छन्। धेरैपटक अस्वस्थ जीवनशैली अपनाएर हामी रोगलाई बोलाउछौँ। आज हामी तपाईलाई तपाईको नराम्रो बानीले समयभन्दा पहिला नै हड्डीलाई कमजोर बनाउन सक्ने र यसलाई कम्जोर बनाउन के गर्नुपर्ने बारेमा बताउन गईरहेका छौँ।

१.व्यायाम र योगा – व्यायाम र योगलाई आफ्नो जीवनशैलीको एक हिस्सा बनाउनुहोस्। यसले  शरीरलाई बलियो बनाउनुको साथै तन र मनलाई पनि  विशेष रुपमा बलियो बनाउँछ। व्यायाम र योग बीचमा भिन्नता छ। व्यायाम गर्दा मेटाबोलिज्म बढ्छ र शारीरिक गतिविधि हुन्छ।  योग गर्नाले मन र  मस्तिष्क शान्त रहन्छ।

२.नुन कम प्रयोग गर्ने – धेरैजसो मान्छेको धेरै नुन खाने र नुन नपुग्दा सिधै हाल्ने बानी हुन्छ।  साथै उनीहरु सलादमा अत्यधिक नुन प्रयोग गर्छन्। कहिले भुलेर पनि  अत्यधिक नुनको नाखानुहोला।  यसले हड्डी गल्ने खतरा हुन्छ।

३. भिटामिन डी र क्याल्शियम -शरीरमा भिटामिन डी र क्याल्शियम कम हुँदा हड्डी कमजोर हुन्छ र  समयभन्दा पहिला नै हड्डीमा पीडा वा  दुखाई  सुरु हुन्छ। त्यसैले भोजन एवम् खाजामा क्याल्शियम युक्त्र खानेकुरा सेवन गर्नुहोला। साथै बिहान ८ देखि ९ बजेसम्म घाममा बस्नुहोला।  यसले शरीरमा पर्याप्त मात्रामा भिटामिन डी मिल्छ।

४. धुम्रपान सेवन नगर्ने -यदि तपाईलाई  धुम्रपान सेवन गर्ने बानी लागिसक्यो भने बिस्तारै छोड्ने कोसिस गर्नुहोला। धुम्रपान गर्दा हड्डीको सेल्स खतम हुन थाल्छ।  यसले विस्तारै हड्डी कमजोर बनाउँछ। साथै हड्डी सम्बन्धित अन्य समस्या उत्पन्न हुन्छ।

५.तौल घटाउनुहोस -अहिलेको मान्छेहरु धेरै मोटो हुन मन पराउदैनन् र धेरै पातलो हुन पनि मन पराउदैनन्। यदि  तपाईको तौल सामान्यभन्दा पनि अधिक छ भने घटाउने कोसिस गर्नुहोला। तर चाहिनेभन्दा धेरै घटाउने प्रयत्न नगर्नुहोला।  यस्तो गर्नाले तपाईलाई अस्थिरोग हुने खतरा बढ्छ।

प्रकाशित : बिहिबार, जेठ २७, २०७८२०:३८

पोषक तत्वले भरपुर स्वादिष्ट काक्रो , थाहा पाउनुहोस् कति छ लाभदायक !