भिन्डीका अनेक फाइदा, ग्यास्ट्रिक मात्र नभई क्यान्सर देखि समेत बचाउँछ !

गर्मी मौषममा सबैको मनपर्ने तरकारी हो भिन्डी। यो थुप्रै मान्छेको पहिलो रोजाई हो भने कोहिलाई यो मनपर्दैन। यदि तपाई गर्मी मौषममा भिन्डी खानुहुन्छ भने तपाईको इम्युनिटी सिस्टम राम्रो रहन्छ। भिन्डी खाँदा शरीरले रोगसँग लड्ने क्षमता प्राप्त गर्छ।  तपाईको शरीरले  सजिलैसँग भाइरल संक्रमणसँग लड्न सक्छ। यसले रोग प्रतिरोध क्षमता बढाउँछ।

लेडी फिन्गर भनिने यो खास रुपमा बच्चालाई निकै मनपर्छ। थाहा पाउनुहोस्  भिन्डीको  प्रयोगले हाम्रो शरीरमा हुने  १० फाईदा :-

१. पाचन प्रणाली  – भिन्डी फाईबरले भरिपूर्ण तरकारी हो। यसमा रहेको ग्लुटन फाइबर पाचन प्रणालीको लागि धेरै फाईदाजनक हुन्छ। यसले पेट फुल्ने , कब्जियत ,दुखाई र ग्यास्ट्रिक जस्ता समस्या हुदैन।

२.मुटु- भिन्डीले तपाईंको मुटु स्वस्थ राख्दछ। यसमा पाईने  प्याक्टिनले कोलेस्ट्रोल कम गर्न मदत्त गर्छ। साथै यसमा पाईने घुलनशील फाइबरले रगतमा कोलेस्ट्रोललाई  नियन्त्रणमा राख्न मद्दत पुर्‍याउँछ जसले गर्दा हृदय रोगको खतरा कम हुन्छ।

३.मधुमेह – यसमा पाईने यूगनल मधुमेह  हुने व्यक्तिको लागि निकै फाईदादायक साबित हुन्छ। यसले शरीरमा चिनीको स्तर वृद्धि हुनबाट रोक्छ र यसकारण  मधुमेह हुने जोखिम कम हुन्छ।

४.एनिमिया   -भिन्डी एनिमियामा पनि धेरै फाईदाजनक छ। यसमा रहेको आईरनले हेमोग्लोबिन  निर्माण गर्न मद्दत गर्छ र भिटामिन-के रक्तस्राव रोक्ने काम गर्छ ।

५.आँखाको ज्योति – भिन्डी भिटामिन-ए, बिटा क्यारोटीन र एन्टी-अक्सीडेंट्सले भरिपूर्ण हुन्छ। जुनले सेलुलर मेटाबोलिज्म फ्रि रेडिकलहरू हटाउन मद्दत गर्छ। यसबाहेक भिन्डीले मोति बिन्दु हुनबाट पनि बचाउँछ।

६.हड्डी  – भिन्डीमा पाईने ग्लुटन पदार्थ हाम्रो हड्डीको लागि उपयोगी हुन्छ। यसमा पाईने ‘भिटामिन-के’ले हड्डीलाई बलियो बनाउन मदत्त गर्छ।

७.प्रतिरक्षा प्रणाली  – भिन्डीमा भिटामिन-सीको साथै यो एन्टिआक्सिडेन्टले भरिपूर्ण हुन्छ। जसकारण यसले प्रतिरक्षा प्रणालीलाई सुदृढ पार्छ र शरीरलाई रोगसँग लड्न मद्दत गर्छ । यसलाई भोजनमा समावेश गरेर धेरै रोग जस्तै खोकी र चिसो लाग्ने समस्या हुदैन।

८.क्यान्सर – भिन्डीलाई तरकारीको रुपमा समावेश गरेर क्यान्सरबाट बच्न सक्नुहुन्छ। विशेषगरी भिन्डी  कोलोन क्यान्सर हुने व्यक्तिको लागि धेरै फाईदाजनक हुन्छ। यसले आन्द्रामा रहेको विषाक्त पदार्थलाई निकाल्न मदत्त गर्छ जसकारण आन्द्रा स्वस्थ रहन्छ राम्रो तरिकाले काम गर्न थाल्छ।

९.तौल – भिन्डीले तपाईंको तौल घटाउनको साथै छालालाई जवान राख्न मदत्त गर्छ। यसको प्रयोगले कपाल सुन्दर, बाक्लो र चम्किलो पनि  हुन्छ। यसको ग्लुटन पदार्थलाई कागतीसँग स्याम्पुको रुपमा प्रयोग पनि गर्छ सक्नुहुन्छ।

१०.गर्भावस्था- गर्भावस्थामा भिन्डीको सेवन गर्नु फाईदाजनक हुन्छ। भिन्डीमा फोलेट भन्ने पोषक तत्व हुन्छ जसले जसले भ्रुणको मस्तिष्कको विकालाई बढावा दिन महत्वपूर्ण भूमिका  खेल्छ। यस बाहेक भिन्डीमा विभिन्न प्रकारको पोषक तत्त्वहरू पाईन्छन् जुन स्वास्थ्यको लागि लाभदायक हुन्छन्।

प्रकाशित : शुक्रबार, जेठ २८, २०७८२०:३८

दैनिक प्रयोग गरिने यी चार चीजका कारण कमजोर हुन्छ रोगसँग लड्ने क्षमता !