दैनिक प्रयोग गरिने यी चार चीजका कारण कमजोर हुन्छ रोगसँग लड्ने क्षमता !

कोरोना  भाइरसको महामारीले हरेकलाई समस्यामा पारेका छन्। अस्पतालदेखि मान्छेको घरघरमा हरेक ठाउँमा कोरोना संक्रमित व्यक्ति देख्न सक्छौँ।  मान्छेहरुलाई  कोरोनाबाट बच्नको लागि मास्क लगाउन ,घरबाट बिना जरूरी काम बाहिर नजान र सामाजिक दूरीको ख्याल राख्न जागरूक  गरिएको छ। यसबाहेक हामीले आफ्नो इम्यूनिटी वा रोग प्रतिरोधक क्षमतालाई पनि बलियो बनाउनु पर्छ।  किनकी कमजोर इम्यूनिटी हुने व्यक्तिमा नराम्रो परिणाम देखिएको छ। यस्तैमा धेरै मान्छेले इम्यूनिटी बलियो बनाउन फरक-फरक खानेकुरा खाने गर्छन्।  तर के तपाईलाई थाहा छ केहि चिज खाँदा तपाईको इम्यूनिटी कमजोर हुन सक्छ ?

चिनी


चिनीको धेरै सेवन गर्नु स्वास्थ्यको लागि हानिकारक हुन्छ।  चिनीले बनेको चीज खाँदा  शरीरमा सुगर लेबल बढ्छ।  यसबाहेक यसले एन्टी  इन्फ्लेमेटरी प्रोटीनको मात्रा बढाउँछ जुनले हाम्रो ईम्यूनिटी कमजोर हुन्छ।  साथै उच्च रक्तचापको कारण पेटको ब्याक्टेरियालाई हानि हुन्छ जसकारण इम्यून सिस्टम कमजोर हुन्छ।

नुन

नुन हाम्रो शरीरको लागि जरुरी रहेको छ।  सको सेवन गरेनौ भने शरीरमा आयोडीनको कमी हुन सक्छ।  तर हामीले प्याकेटमा रहेको चिप्स, बेकरीमा बनेको चीज  फ्रोजन नुनले भरपुर हुन्छ।  धेरै नुनको प्रयोगले शरीरमा अटोइम्यून रोग लाग्ने जोखिम बढ्छ। साथै नुन हाम्रो इम्यून सिस्टमलाई पनि  असर गर्दछ।

क्याफिन

चिया र कफी एन्टी अक्सीडेन्टले भरिपूर्ण हुन्छ। तर धेरै मात्रामा यसको सेवन गर्दा यसमा रहेको क्याफिनले निन्द्रा नलाग्ने समस्या हुन्छ। जसकारण सुन्निने समस्या र शरीरको  इम्यूनिटीमा प्रभाव पर्छ। इम्यून सिस्टमलाई बढाउनको लागि चिया कफीको सेवन कम मात्रामा गर्नुपर्छ।किनकी यसमा पौष्टिक आहार कम मात्रामा र सुगर अधिक हुन्छ।

तारेको खानेकुरा

फ्राइड फूड मतलब टरेको खानेकुरामा ग्लाइकेशन एन्ड प्रोडक्ट्सको मोलिक्यूल हुन्छ जुनमा  सुगरको साथसाथै प्रोटीन र फ्याट अधिक मात्रामा हुन्छ।  यो धेरै समयसम्म राखिने हुनाले  इन्फ्लेमेशन र सेलुलर सेल्सलाई खराब गर्छ। यसकारण हाम्रो इम्यून सिस्टममा प्रभाव पर्छ। यसकारण  हामीले आलू चिप्स, तारेको चिकेन , फ्राइड बेकन र तारेको माछाको सेवन कम मात्रामा गर्नुपर्छ।

प्रकाशित : आइतबार, जेठ ३०, २०७८२१:४५

रक्तदान गर्नु आफ्नै स्वास्थ्यको लागि लाभदायी ,क्यान्सर-मोटोपनाको खतरा कम !