भोकालाई खाना खुवाउने जोडी

काठमाडौँ, कोभिड शुरु भएसँंगै निषेधाज्ञाले धेरैलाई समस्यामा परेको छ । विशेषगरी दिउँसो कमाई बेलुकी खाने र सडक पेटीमै जीवन बिताउनेहरुलाई यसले प्रभाव पारेको छ।

यस्तै समस्यामा परेकाहरुलाई आफैँले घरमा खाना तयार गरेर ठाउँठाउँमा पु¥याउने काम समाजसेवी अजय(सुशील) र लक्ष्मी अधिकारीले गर्नुभएको छ । काठमाडौंँबाट सात किमीमाथि तारकेश्वरको आफ्नै घरमा दाल, भात, तरकारी र अचार तयार गरेर उहाँहरु अप्ठेरामा परेकाहरुलाई खुवाउन बालाजु, स्वयम्भू, कलंकी, टंकेश्वर, सोह्रखुट्टे, सामाखुशी र सुकेधारासम्म पुग्नुहुन्छ ।

मासिक रु सयमा अध्यापन हुने समता स्कूलका प्रधानाध्यापकसमेत रहनुभएका उहाँको यो जोडीले खाना खुवाउने कामसँगै उपचार नपाएर अप्ठेरामा परेका आफ्ना धेरै विद्यार्थी र अन्यलाई पनि उपचारमा सहयोग गरिदिएको छ र थुप्रै विद्यार्थीलाई अघिल्लो लकडाउनदेखि नै राहत सामग्री पनि उपलब्ध गराउँदै आएको छ ।

यस्तो अप्ठेरो समयका बेलामा आफूले घरमा बसेर विभिन्न परिकार बनाएर खानेभन्दा पनि खान नपाएर अप्ठेरामा परेकाहरुलाई सहयोग गर्न र उहाँहरुको एक छाक मात्रै टार्न सके ठूलो धर्म हुने उहाँको भनाइ छ ।

अजयले भन्नुभयो, किताबमा लेखेका कुरालाई अर्थ खुलाएर व्याख्या गर्न र घोक्न त सिकाइरहेकै हो तर दुःखमा परेका अरूलाई सहयोग गर्नुपर्छ भनेर सिकाउन पाउनु हाम्रो भाग्य हो ।

हामीले दिएको खाना सबैले लिनुहुन्छ तर कसैले पाइसकेर पनि लिनुहुन्छ, कसैले त फलिदिनुहुन्छ, त्यसो गर्दा अर्को एउटा नपाउनेको भाग खोसिन्छ अनि साह्रै दुःख लाग्छ । जति सक्यो घुमेर अहिले चाहिँ आवश्यकता भएकालाई नै हामी खान दिने गर्छौँ । धेरैजसोले खान पाउनेबित्तिकै खोलेर अगाडि नै खानुहुन्छ, त्यो देखेर एकदम खुशी लाग्छ, लक्ष्मीले भन्नुभयो ।

प्रकाशित : शुक्रबार, जेठ २८, २०७८२२:४२

प्रधानमन्त्रीलाई ह-त्याको ध-म्की अभिव्यक्ति निन्दनीय: एमाले