निफ्रा, चन्द्रागिरि लगायत यी ५१ कम्पनीको सेयर लगानी जोखिममा [कम्पनीहरुको सूची सहित]

नेपाल इन्फ्रास्ट्रक्चर बैंक, चन्द्रागिरि हिल्स, विशाल बजारसहित ५१ कम्पनीमा सेयर लगानी गर्नको लागि जोखिम देखिएको छ। नेपाल धितोपत्र बोर्डले गरेको एक अध्ययनका अनुसार ५१ कम्पनीमा तुलनात्मक रुपमा जोखिम देखिएको हो।

नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीका अनुसार आफूहरुले विभिन्न मापदण्ड अनुसार अध्ययन गर्दा यस्तो देखिएको बताएका छन्। यसका कारण हाल सेयर बजार उच्च विन्दुमा रहेता पनि लगानीकर्तालाई जोखिम आँकलन गरेर मात्रै लगानी गर्न बोर्डले आग्रह गरेको छ। बोर्डको पछिल्लो समयको अध्ययनका अनुसार सूचीकृत ५१ कम्पनी बजार मूल्यको हिसावमा तुलनात्मक रुपमा जोखिमयुक्त देखिएको हो।

एक वर्षको समयमा कम्पनीको सेयर मूल्य ३ सय प्रतिशत र सोभन्दा बढीले बढेका, मूल्य आम्दानी अनुपात १ सय र सोभन्दा बढी भएका, प्रतिसेयर आम्दानी ऋणात्मक भएका, प्रतिसेयर अंकित मूल्यभन्दा प्रतिसेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्यांकन समेतका आधारमा यी ५१ कम्पनीमा सेयर लगानी जोखिमा रहेको बोर्डले जानकारी दिएको छ।

प्रकाशित : मङ्गलबार, असार ०१, २०७८१६:४०

केहि दिनमै १०० भन्दा बढि आम्दानी भएको यस लघुवित्तको आइपिओ खुल्दै, हुनेछ मालामाल!