केहि दिनमै १०० भन्दा बढि आम्दानी भएको यस लघुवित्तको आइपिओ खुल्दै, हुनेछ मालामाल!

काठमाडौँ, असार ३ । आगामी असार १३ गतेदेखि जीवन विकास लघुवित्तको प्राथमिक सेयर (आइपिओ) खुल्ने भएको छ । प्रतिसेयर आम्दानी नै १०० रुपैयाँभन्दा धेरै भएको यस कम्पनिको आइपिओमा छिटोमा असार १५ गतेसम्म आवेदन दिन सकिनेछ।

यस कम्पनीले अंकित मूल्य १०० का दरले कुल १९ लाख ७७ हजार ३००  कित्ता सर्वसाधारण सेयर निष्कासन गर्न लागेको हो। जसमध्ये कर्मचारीलाई ३० हजार ४२० कित्ता र सामुहिक लगानी कोषलाई ९८ हजार ८६५ कित्ता  छुट्याएर बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड गरिने छ।

यस कम्पनिको आइपिओमा आवेदकले कम्तिमा १० र धेरैमा १०० कित्तासम्म आवेदन दिन सक्नेछ । एनएमबि क्यापिटल कम्पनीको बिक्री प्रबन्धकका रुपमा  रहेको छ। आइपिओ निष्काशनका लागि यस संस्थाले इक्रा नेपालबाट ‘बीबीबी माइनस’ रेटिङ प्राप्त गरेको छ। जसबाट यस कम्पनि सुरक्षित रहेको जनाउँछ। साथै राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त यस संस्था वित्तीय स्थिति अरु लघुवित्तको तुलनामा मजबुत देखिन्छ।

यस कम्पनीको आइपिओमा आवेदन दिनको लागि आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय वा सिडिएससीको मेरो सेयर एप वेबमार्फत  आवेदन दिन सकिनेछ।

प्रकाशित : बिहिबार, असार ०३, २०७८१४:४५

आज पनि घट्यो सुनको मूल्य, वैशाख २३ गते यताकै सस्तो ! कति ?