आज पनि घट्यो सुनको मूल्य, वैशाख २३ गते यताकै सस्तो ! कति ?

काठमाडौँ – असार लागेपछि घटिरहेको सुनको मूल्य आज पनि घटेको छ। असारको पहिलो दिन स्थित रही त्यसपछि दुई दिन घटेको सुनको मूल्य आज पनि घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य १ हजार २ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९० हजार ८ सय रुपैंयाँ कायम भएको छ।

नेपाली बजारमा आज तेजाबी सुनको मूल्य पनि आज १ हजार २ सय रुपैंयाँले नै घटेको छ। नेपाली बजारमा आज तेजाबी सुन प्रतितोला ९० हजार ३ सय रुपैंयाँमा कारोबार भैरहेको छ।

यस आगाडी असार १ गते छापावाला सुन ९३ हजार २ सय, असार २ गते ९३ हजार १ सय र मंगलवार ९२ हजार रुपैंयाँ तथा तेजाबी सुन असार १ गते ९२ हजार ७ सय, असार २ गते ९२ हजार ६ सय र असार ३ गते ९१ हजार ५ सय रुपैंयाँमा कारोबार भएको थियो।

सुन वैशाख महिना यताकै सस्तो

आज कायम भएको सुनको मूल्य ४३ दिन यताकै सस्तो रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आजको सुनको मूल्य वैशाख २३ गते यताकै सस्तो रहेको छ। त्यस दिन सुन ९० हजार ६ सय रुपैंयाँमा कारोबार भएको थियो। त्यसयता सुन यति धेरै सस्तो भएको आजै हो।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। नेपाली बजारमा आज चाँदीको मूल्य तोलामा रु ३५ ले घटेर १३ सय ५ रुपैंयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : शुक्रबार, असार ०४, २०७८१०:४५

आज फेरी घट्यो सुनचाँदीको मुल्य, २ महिना यताकै सस्तो आजको भाउ! कति?