आज फेरी घट्यो सुनचाँदीको मुल्य, २ महिना यताकै सस्तो आजको भाउ! कति?

काठमाडौँ, असार ६ । असार लागेपछि लगातार घटिरहेको सुनको मूल्य आज पनि घटेको छ। असारको पहिलो दिन स्थिर रही त्यसपछि ३  दिन घटेको सुनको मूल्य आज पनि घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य ८ सय रुपैयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९० हजार रुपैयाँमा कायम भएको छ।

नेपाली बजारमा आज तेजाबी सुनको मूल्य पनि आज ७ सय ५० रुपैयाँले  घटेको छ। नेपाली बजारमा आज तेजाबी सुन प्रतितोला ८९  हजार ५ सय ५०  रुपैयाँमा कारोबार भैरहेको छ।

यस आगाडी असार १ गते छापावाला सुन ९३ हजार २ सय, असार २ गते ९३ हजार १ सय, असार ३ गते ९२ हजार रुपैयाँ र शुक्रबार ९० हजार ८ सय तथा तेजाबी सुन असार १ गते ९२ हजार ७ सय, असार २ गते ९२ हजार ६ सय, असार ३ गते ९१ हजार ५ सय र असार ४ गते ९० हजार ३ सय रुपैंयाँमा कारोबार भएको थियो।

सुन बैशाख महिना यताकै सस्तो

आज कायम भएको सुनको मूल्य ४३ दिन यताकै सस्तो रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आजको सुनको मूल्य वैशाख २३ गते यताकै सस्तो रहेको छ। त्यस दिन सुन ९० हजार ६ सय रुपैंयाँमा कारोबार भएको थियो। त्यसयता सुन यति धेरै सस्तो भएको आजै हो।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। नेपाली बजारमा आज चाँदीको मूल्य तोलामा रु १५  ले घटेर १२ सय ९०  रुपैयाँमा कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : आइतबार, असार ०६, २०७८१२:१८

नेप्से: आज यी कम्पनीले कमाए सर्वाधिक!