मेस्सीले रोनाल्डोलाई पछि पारे !

एजेन्सी – अर्जेन्टिनी स्टार फुटबलर लियोनेल मेस्सीले फ्रिकिक गोलमा पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका छन्। कोपा अमेरिका अन्तर्गतको खेलमा चिलीविरुद्ध गोल गर्दै मेस्सीले रोनाल्डोलाई पछि पारेका हुन्।

मंगलबार बिहान भएको खेलमा चिलीविरुद्ध मेस्सीले फ्रिकिक गोल गरे। मेस्सीले लगभग २० यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक प्रहार गोलरक्षक क्लाउडियो ब्राभोले हातले छेकेपनि पोस्टबाहिर राख्न सकेनन्।

उक्त फ्रिकिक गोलसँगै मेस्सीको फ्रिकिक गोल संख्या ५७ पुगेको छ। यस अगाडी मेस्सी र रोनाल्डोको फ्रिकिक गोल ५६ थियो। चिलीविरुद्ध थप एक फ्रिकिक गोल गरेसँगै मेस्सीले रोनाल्डोलाई पछि पारेका छन्।

मेस्सी फ्रिकिक गोलमा डियागो माराडोना भन्दा ५ गोलले मात्र पछि छन्। ५७ फ्रिकिक गोल मध्ये मेस्सीले २० गोल गएको पाँच वर्षमा गरेका हुन्। ५७ फ्रिकिक गोल मध्ये ५० गोल मेस्सीले बार्सिलोनाका लागि गरेका छन्। त्यस्तै ५६ फ्रिकिक गोल गरेका रोनाल्डोले रियल म्याड्रिडका लागि ३२, म्यानचेस्टर युनाइटेडका लागि १३ र पोर्चुगलका लागि १० र युभेन्टसका लागि एक गोल गरेका हुन्।

मंगलबार राति हंगेरीविरुद्ध दुई गोल गरे। त्यसक्रममा उनले तीन नयाँ कीर्तिमान बनाए। रोनाल्डोले हंगेरीविरुद्ध खेल्दा लगातार पाँचौ सिजन युरोकप खेल्ने कीर्तिमान बन्यो। रोनाल्डोले मिचेल प्लाटिनीको ९ गोलको कीर्तिमानलाई भंग गर्दा युरोकपमा सर्वाधिक गोल (११) गर्ने कीतिमान पनि आफ्नो नाममा गराए। त्यस्तै रोनाल्डो युरोकपको पाँच फरक संस्करणमा गोल गर्ने एक्ला खेलाडी पनि बन्न सफल भएका छन्।

प्रकाशित : बुधबार, असार ०२, २०७८१३:५८

पोग्बाले रोनाल्डोलाई पछ्याएपछि … [भिडियो]