यी बलिउड नायिका जसले बच्चाका कारण अभिनयबाट ब्रेक लिए …

थुप्रैपटक बलिउड अभिनेत्री आमा बनेपछि करियरबाट  ब्रेक लिन्छन्। साथै उनीहरुलाई फिल्म पाउन पनि कम हुन्छ। केहि कलाकार आफ्नो प्रेग्नेंसीको कारण करियरबाट ब्रेक लिन्छन्। तर थुप्रै अभिनेत्री यस्तो पनि छन् जो फेरिपनि फिल्ममा फर्किन्छन्।

श्रीदेवी


९० को दशकमा  श्रीदेवीले आफ्नो करियर सुरुवात गरेकी थिइन्। तर १९९७ मा जाह्नवी र पछि २००० खुशी जन्मिएपछि श्रीदेवीले फिल्मबाट ब्रेक लिएकी थिइन्। यससमय उनी लाइमलाइटबाट पनि टाढा रहिन्। त्यसपछि उनले १५ वर्षपछि फिल्म ‘इंग्लिश विंग्लिस’मा काम गरेकी थिइन्।

जूही चावला


अभिनेत्री जूही चावलाले पनि आमा बनेपछि बलिउडबाट ब्रेक लिएकी थिइन् तर उनी फिल्मबाट कहिले टाढा रहिनन्। २००१ र २००३ मा आमा बनेकी जूही चावलाले लगातार सा-सानो रोलमा काम गरिरहिन्। उनले पछि २०१४ मा मुख्य भूमिकामा फिल्म गुलाब ग्याङ्ग मा काम गरेकी थिइन्।

काजोल


बलिउड अभिनेत्री काजोलले फिल्मी करियरमा दुईपटक ब्रेक लिएकी थिइन्। पहिला उनले आफ्नो छोरीको जन्म हुँदा २००३ मा ब्रेक लिएकी थिइन् भने २०१० मा छोराको जन्म भएपछि फेरि उनले फिल्मबाट दुरी बढाएकी थिइन्।  उनको २००६ मा आएको फिल्म फना सुपरहिट साबित भएको थियो र २०१५ मा आएको फिल्म दिलवाले पनि बक्स अफिसमा हिट भएको थियो। हालै काजोलले अजयसँग तानाजीमा काम गरेकी थिइन्।

ऐश्वर्या राय बच्चन


ऐश्वर्या राय बच्चनले २००७ मा अभिषेक बच्चनसँग बिहे गरेकी  थिइन्।  बिहेपछि उनले २०१० सालसम्म काम गरिन्।  पछि २०११ मा उनले छोरी आराध्याको जन्म भएपछि फिल्मी करियरबाट ब्रेक लिने फैसला लिईन्। ४ वर्षको ब्रेकपछि अभिनेत्रीले फिल्म ‘जज्बा’ बाट स्क्रीनमा फर्किएकी थिइन्।

करीना कपूर खान


बलिउड अभिनेत्री करीना कपूर खानले २०१६ मा फिल्म ‘उडता पन्जाब ‘ पछि प्रेग्नेंसीको कारण सिनेमाबाट ब्रेक लिएकी थिइन्। दुई वर्षपछि उनले २०१८ सालमा आएको फिल्म ‘वीरे दी वेडिंग’ बाट इन्ट्री लिएकी थिइन्। फिल्ममा उनको अभिनयको निकै चर्चा भएको थियो। साथै २०१९ मा रिलीज भएको फिल्म ‘गुड न्यूज’ बक्स अफिसमा हिट भएको थियो।

अनुष्का शर्मा


बलिउड अभिनेत्री अनुष्का शर्माले अन्तिमपटक २०१८ मा आएको फिल्म जीरोमा काम गरेकी थिइन्। उनी २०१८ मा भारतीय क्रिकेटर विराट कोहलीसँग बिहे बन्धनमा बाधिएकी हुन्। उनले २०२१ मा छोरी जन्मेदेखि काम गरेकी छैनन्। उनले फिल्मफेयर पत्रिकाको २०१९ संस्करणमा कामबाट  ब्रेक लिने कुरा गरेकी थिइन्। उनले भनेकी थिइन् ,’ म जीरोपछि केहि महिना छुट्टी लिन चाहन्छु।’

प्रकाशित : बुधबार, असार ०२, २०७८२१:४५

पूजा हेगडेको यस लुक्सले मच्चायो तहल्का ! [तस्विर सहित]