अहिले के गर्दैछिन् महाभारतकी ‘कुन्ती ‘ ?

१९८८ -९० मा बीआर चोपडाको महाभारतले दर्शकलाई निकै लोभ्याएको थियो। महाभारत थुप्रै मान्छेले बनाउए कोसिस गरे तर बीआर चोपडा जस्तो महाभारतको कहानी कसैले प्रस्तुत गर्न सकेनन्। यस सीरियलको हरेक भूमिकालाई दर्शकको माया मिल्यो। उक्त सीरियलका धेरै कलाकार अहिले पनि इन्डस्ट्रीमा सक्रिय छन् । तर थुप्रै कलाकर अहिले लाइमलाइटबाट टाढा नै छन्।  यसमा कुन्तीको भूमिका निभाउने अभिनेत्री नाजनीनको नाम पनि रहेको छ ।

पाण्डवको आमा कुन्तीको भूमिका निभएर नाजनीन दर्शक माझ लोकप्रिय थिइन्। २३ फेव्रुआरी १९५८ मा जन्मिएकी नाजनीन बाल्यकालदेखि नै सुन्दर थिइन्। उनको पिता प्रिटिंग प्रेसको मालिक थिए।  उनी बाल्यकालदेखि नै सिनेमामा रुचि राख्थिन्। यधपी नाजनीन एयर होस्टेस बन्न चाहन्थिन्। तर उनको आमालाई फ्लाइटमा काम गर्न सुरक्षित छैन भन्ने लागेपछि नाजनीलाई फिल्म अफर भएको थियो। यधपी आहिले उनी  लाइमलाइटबाट टाढा छिन्।

उनको मित्रता बलिउड अभिनेता नीतु सिंहसँग थियो। उनी नीतुको घर आउनेजाने गर्थिन्। एक पार्टीमा  निर्देशक सत्येन बोस उनलाई देखेका थिए र ‘सा-रे-गा-मा-पा’ मा कास्ट गरेका थिए। सत्येन  नाजनीन आफ्नो नाम परिवर्तन गर्न चाहन्थे तर उनले आफ्नो नाम परिवर्तन नगर्ने निर्णय  गरिन्। उनले १९७ मा फिल्म ‘कोरा कागज ‘मा जया बच्चनको बहिनीको भूमिका निभाएकी थिइन्। त्यसपछि १९७४ मा ‘चलते चलते’ मा उनको अभिनयलाई मन पराईएको थियो। निर्देशक अनुसार नाजनीनको अनुहार जया बच्चनसँग हुबहु मिल्ने हुनाले प्राय उनलाई जयाको बहिनीको भूमिका मिल्थ्यो।

नाजनीनले केहि बी-ग्रेड फिल्ममा पनि काम गरिन्। फिल्म ‘चलते चलते’ मा बिकिनी लगाएर उनले तहल्का मच्चाएकी थिइन्। यधपी यो फिल्मको हिरो विशाल आनन्दको कारण सुपरहिट भएको थियो तर सोहि फिल्मको बो-ल्ड  सीनको कारण  उनको छविमा असर परेको थियो महाभारतले नाजनीनलाई सफलता मिल्यो तर यसको फाईदा भने मिलेन। बीआर चोपडा  महाभारतको कास्टिंग सुरु गर्दा उनलाई कसैले नाजनीनको नाम सुझाएका थिए। बीआर चोपडाले फिल्ममा नाजनीनको काम देखेका थिए र उनले शोमा नाजनीनलिया कुन्तीको रोल आफ़र गरे। महाभारतबाट चर्चा मिलेपनि उनी कहिले पनि हिट अभिनेत्री भईनन्।

प्रकाशित : बिहिबार, असार ०३, २०७८२०:५२

ह्वाइट आउटफिटमा जाह्नवी कपूरको स्टाइलिश लुक, तान्यो सबैको ध्यान ! [तस्विर सहित]