रोनाल्डोको स्पिड अगाडी कसैको केहि लागेन, १४ सेकेन्डमा देखाएको कमालले विश्व चकित ! [भिडियो]

एजेन्सी – गत युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत समूह डीको दोस्रो खेलमा पोर्चुगल जर्मनीसँग पराजित भयो। खेलभर आधा दार्जन गोल भए। खेलको शुरुवातमा अग्रता लिएपनि पोर्चुगलले जर्मनी विरुद्ध सम्झनलायक खेल प्रदर्शन गर्न सकेन।

पोर्चुगलका दुई डिफेन्डरले गरेको गल्ती नै हारको मूख्य कारण बन्न पुग्यो। डिफेन्डरद्वय रोबिन डियास र राफेल गुरेरोले जर्मनीको आक्रमण विफल बनाउने प्रयासमा एक-एक आत्मघाती गोल गर्दा पोर्चुगल हार्न पुग्यो।

पोर्चुगल सिङ्गो टोलीले त्यति राम्रो प्रदर्शन गर्न नसकेपनि रोनाल्डोको हकमा भने त्यस्तो रहेन। जर्मनी विरुद्ध रोनाल्डोले धेरै नै राम्रो खेल प्रदर्शन गर्न सकेका थिए। रोनाल्डोको प्रदर्शन र गोलको यति बेला सर्वत्र चर्चा भइरहेको छ। सामाजिक संजालमा उनको गोलको भिडियो समेत भाइरल छ।

रोनाल्डोको गोल किन भयो भाइरल ?

 उक्त खेलको १५ मिनेट हुन केहि समय अगाडी रोनाल्डो पोर्चुगलको डिबक्समा थिए। त्यसको केहि समय बित्ने नपाउँदै उनले जर्मनी विरुद्ध गोल गरे। आफ्नो डिबक्स देखि जर्मनीको डिबक्स सम्म पुग्न रोनाल्डोले मात्र १४ सेकेन्ड लगाएका थिए।

आफ्नो डिबक्सदेखि जर्मनीको पेनाल्टी क्षेत्रसम्मको ९२ मिटरको दूरी केवल १४ सेकेन्डमै पार गरेका रोनाल्डोले आफू शारीरिक रुपमा कति अब्बल छन् भन्ने कुरा पुष्टि गरे।

रोनाल्डोको गतिका आगाडी जर्मनीका मिडफिल्डर र डिफेन्डरको केहि लागेन। रोनाल्डोले डिबक्सभित्र डिएगो जोटालाई बल पास दिए, सोहि बल जोटाले रोनाल्डोलाई नै पास दिँदा कुनिया गल्ति नगरी गोल गरे।

प्रकाशित : सोमबार, असार ०७, २०७८१४:२७

युरोमा आज चार खेल हुँदै ! कुन खेल कति बजे ? [समय सहित]