युरोमा आज चार खेल हुँदै ! कुन खेल कति बजे ? [समय सहित]

एजेन्सी – युरोपेली च्याम्पियनसिपमा आज राति समूह चरणका विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । आज राति समूह ‘सी’ र समूह ‘बी’ मा अन्तिम चरणका खेलहरु हुनेछ ।

समूह ‘सी’ मा नर्थ म्यासेडोनियाले नकआउट चरणमा पुगिसकेको नेदरल्यान्ड्सको सामना गर्दा युक्रेन र अष्ट्रियाले एक आपसमा खेल्नेछ । दुवै खेल नेपाली समयअनुसार एकै समय राति ९:४५ बजे हुनेछ ।

नेदरल्यान्ड्स समूह विजेता बनेर अन्तिम १६ मा प्रवेश गरिसकेको छ । नर्थ म्यासेडोनिया समूह चरणबाट बाहिरिसकेको छ । युक्रेनले अष्ट्रियासँग बराबरी वा जित निकाले दोस्रो स्थान पक्का गर्दै अन्तिम १६ मा प्रवेश गर्नेछ । यता, अष्ट्रियाले युक्रेनलाई हराउन सके दोस्रो स्थान पक्का गर्नेछ । बराबरी वा हारले समूह चरण पार गर्न अन्य टोलीको नजिता कुर्नुपर्नेछ हुन्छ ।

यस्तै समूह ‘बी’ मा रसिया र डेनमार्क तथा फिनल्यान्ड र बेल्जियमबीचको खेल नेपाली समयअनुसार एकै समयमा राति १२:४५ बजे हुनेछ । अन्तिम १६ मा स्थान पक्का गरेको बेल्जियमले अर्को खेलमा बराबरी मात्र गरेपनि शीर्षस्थान हासिल गर्नेछ । बेल्जियमलाई हराउन सके फिनल्यान्डल अघिल्लो चरण प्रवेश गर्नेछ । यदि बराबरीमा रोकिएको खण्डमा रसियाले हार्नुपर्नेछ ।

डेनमार्कलाई हराउन सके रसिया अन्तिम १६ मा पुग्नेछ । यदि बराबर भएको खण्डमा भने बेल्जियमले फिनल्यान्डबाट अंक खोस्नुपर्नेछ । डेनमार्कलाई दोस्रो स्थान हासिल गर्न रसियालाई पराजित गरेर बेल्जियमले फिनल्यान्डलाई हराउनुपर्नेछ । दुवै खेलको गोलअन्तरले पनि महत्वपूर्ण भूमिका खेल्नेछ ।

प्रकाशित : सोमबार, असार ०७, २०७८१५:३४

रोनाल्डोलाई बार्सिलोनामा ल्याण्ड गराउने लापोर्टाको योजना ! सफल होला त ?