पाँच टोली नकआउट चरणमा ! कुन-कुन ?

एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेल चलिरहेको छ । तर सोमबार भएको समूह बी र सी को खेलको नतिजापछि ५ टोली आफ्नो खेल नखेल्दै अन्तिम १६ मा पुगेका छन् ।

समूह चरणमा कम्तिमा ४ अंक जोडेका फ्रान्स, इंग्ल्यान्ड, चेक गणतन्त्र, स्वीडेन र स्विट्जरल्यान्ड नकआउट चरणमा पुगेका हुन् । सबै ५ टोलीको २ खेलबाट ४ अंक रहेकाले कुनै पनि टोलीको अब खराब नतिजा आउँदा पनि समूहमा तेस्रो स्थानमा रहनेछन् ।

समूह बी र सीको खेल सकिँदा फिनल्यान्ड र युक्रेन ३ अंकका साथ आ आफ्नो समूहको तेस्रो स्थानमा रहेका छन् । त्यसअर्थ ४ अंक हुने कुनै पनि समूहको तेस्रो टोली उत्कृष्ट ४ मा पर्ने निश्चित छ । फिनल्यान्ड र युक्रेन भने अझै प्रतियोगिताबाट बाहिरिएका छैनन् । मंगलबार समूह डी र बुधबार समूह इको खेलपछि उनीहरुको अघिल्लो चरणको यात्राको टुंगो लाग्नेछ ।

समूह एबाट इटाली विजेता र वेल्स उपविजेता, समूह बीबाट बेल्जियम विजेता र डेनमार्क उपविजेता, समूह सीबाट नेदरल्यान्ड्स विजेता र अष्ट्रिया उपविजेताका रुपमा अन्तिम १६ मा पुगेका हुन् । नकआउट चरणमा पुगेका चेक गणतन्त्र र इंग्ल्यान्डबीच आज हुने खेलबाट समूह डीको विजेता उपविजेताको टुंगो लाग्नेछ ।

समूह इबाट स्वीडेन र समूह एफबाट फ्रान्स अघिल्लो चरण पुगेपछि समूह विजेता उपविजेताको टुंगो लाग्न भने बाँकी छ । समूह एबाट स्विट्जरल्यान्ड उत्कृष्ट तेस्रो टोलीका रुपमा अन्तिम १६ मा पुगेको हो ।

प्रकाशित : मङ्गलबार, असार ०८, २०७८१४:५१

आज युरो कपमा विभिन्न चार रोमाञ्चक खेल हुँदै ! कुन-कुन, कति बजे ?