फिल्मको सीनभन्दा कम थिएन ऐश्वर्या र अभिषेकको इन्गेजमेन्ट, सम्झिँदा अझै भावुक हुन्छिन् ऐश्वर्या !

ऐश्वर्या राय बच्चन  र अभिषेक बच्चन बलिउडको चर्चित  जोडी हुन्। यी जोडीले स्क्रीनमा  मात्र नभई आफ्नो प्रदर्शनबाट फ्यानलाई प्रभावित गरेका छन्। साथै सामाजिक सञ्जालको माध्यमबाट आफ्नो व्यक्तिगत जीवनको बारेमा पनि शेयर गरिरहन्छन्।

यी जोडीले २० अप्रिल २००७ मा सात फेरो लिएका हुन्। फिल्मफेयरलाई दिएको अन्तरवार्तामा ऐश्वर्याले अभिषेकसँग बिहे अचानक भएको बताएकी थिइन्। उनले रोमान्टिक प्रपोजलको जानकारी दिएर सबैलाई छक्क पारेकी थिइन्। ऐश्वर्याले भनेकी थिइन्, ” उनले प्रपोज गरेका थिए जुन निकै अद्भुत थियो र यो अचानक भएको थियो।”

ऐश्वर्यालाई  बच्चन परिवारबाट उनको घरमा आउन लागेको कुरा फोन गरेर बताईएको थियो। ऐश्वर्यालाई अचानक बिहेको प्रस्ताव आएको थियो। यसै अन्तर्वार्तामा ऐश्वर्याले अभिषेकको  प्रपोजलमा कसरी प्रतिक्रिया गरेकी थिइन् भन्ने बताएकी  थिइन्।

उनको पिता शहरमा थिएनन् र घरमा सबै भावुक थिए। अभिषेक बच्चन र ऐश्वर्या राय फिल्म ‘गुरु’ को सेटमा एकअर्कासँग भेट भएको थियो। दुवैले २००७ मा बिहे गरे। उनीहरुको एउटा छोरी पनि छिन् जसको नाम आराध्या बच्चन हो।

प्रकाशित : बिहिबार, असार १०, २०७८२२:५७

जया बच्चनले करिश्मा कपूरलाई बताएकी थिइन् आफ्नो बुहारी, तर …