फिल्म शोलेको यस तीन मिनेटको सीन शूट गर्न लागेको थियो तीन वर्ष !

‘शोले’ भारतीय फिल्म उद्योगको सबैभन्दा चर्चित फिल्म मानिन्छ। यस फिल्म बक्स अफिसमा हिट भएको थियो। यो फिल्मको हरेक डायलग चर्चित भएको थियो। फिल्मका निर्देशक रमेश सिप्पीलाई फिल्मको एक सीन शूट गर्न करिब तीन वर्ष लागेको थियो। यस कुराको खुलासा अमिताभ बच्चनले एक अन्तरवार्तामा गरेका थिए। फिल्ममा अमिताभ बाहेक धर्मेन्द्र, हेमा मालिनी, जया बच्चन, संजीव कुमार, अमजद खान मुख्य भूमिकामा थिए। यस फिल्ममा काम गर्ने थुप्रै कलाकार  अहिले यस दुनियामा छैनन् ।

अमिताभले आफ्नो र र जयाबीच एक सीन शूट गर्नको लागि लगभग तीन वर्ष लागेको कुरा बताएका थिए । फिल्म शोलेमा एक सीन छ जुनमा जया बच्चन लालटिन जलाईरहेकी हुन्छिन् र अमिताभ माउथ आर्गन बजाई रहेका हुन्छन् ।  यो सीन तीन मिनेटको छ। जुनलिई  शूट गर्नको लागि तीन वर्ष लागेको थियो।

अमिताभले आफ्नो अन्तर्वार्तामा यस सीनको बारेमा भनेका थिए ,”  मलाई अचम्म लाग्छ कि मान्छेहरुलाई यस सीन याद छ जुनमा जया लालटिन जलाईरहेकी थिइन् र म आउटहाउसमा बसेर माउथ आर्गन बजाई रहेकी थिए। यस सीनलाई शूट गर्नको लागि एक छुट्टै लाइटिंग आवश्यक थियो। हाम्रो निर्देशक सूर्यास्तको समयमा शट लिन चाहन्थे। तपाईहरुलाई  विश्वास हुदैन कि रमेश जीले यस सीनलाई  शूट गर्न ३ वर्ष बिताएका थिए ताकि सबै भन्दा राम्रो शट मिलोस् ।’

रमेश सिप्पी शोलेलाई  ईन्डियाको सबैभन्दा चर्चित फिल्म बनाउन चाहन्थे। ३५ एमएमको फर्मेट फिल्मलाई ठुलो बनाउनको लागि सानो थियो त्यसैले  यसलाई ७० एमएम र स्टीरियोफोनिक साउन्डमा बनाउने निर्णय गरियो।  फिल्मको बजेट धेरै थियो त्यसैले फिल्मकोशूटिंग ३५ एमएममा गरियो र त्यसपछि यसलाई ७० एमएममा ब्लोअप गरिएको थियो।

शोलेको कुल बजेट तीन करोड थियो। त्यस समय २० लाख मात्र कास्टिंग भएको थियो। १९९५ मा  रिलीज भएको फिल्म ‘शोले’ को निर्देशक रमेश सिप्पीले बताएका थिए कि त्यस समय उनीसँग फिल्म बनाउनको लागि पर्याप्त पैसा थिएन र यस कामको लागि उनले आफ्नो पिता श्री जीपी सिप्पीको मद्दत लिएका थिए।

फिल्मको शूटिंग कर्नाटकको  बेंगलुरु र मैसूरको बीच स्थित पहाडले घेरिएको ‘रामनगरम’ मा भएको थियो। शोले भारतीय सिनेमाको एक कालजयी फिल्म हो। यो अहिले ठुलो पर्दामा नदेखिए पनि सानो पर्दामा भने लोकप्रिय नै छ।

प्रकाशित : बिहिबार, असार १०, २०७८२१:१८

फिल्मको सीनभन्दा कम थिएन ऐश्वर्या र अभिषेकको इन्गेजमेन्ट, सम्झिँदा अझै भावुक हुन्छिन् ऐश्वर्या !