रोनाल्डोले तोडे अर्को रेकर्ड, अर्को रेकर्डमा भने बराबरी !

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत साविक विजेता पोर्चुगलले फ्रान्सलाई बराबरीमा रोक्न सफल भएको छ । बुधबार राति भएको खेलमा दुई पेनाल्टी गोल गर्दै पोर्चुगलले फ्रान्सलाई बराबरीमै रोकेको हो।

पोर्चुगलले पाएको दुई पेनाल्टीको अवसरलाई रोनाल्डोले खेर जान दिएनन्। दुवै पेनाल्टीमा उनले गोल गरे। बुधबार दुई गोल गरेसँगै जारी प्रतियोगितामा रोनाल्डोको गोलसंख्या ५ पुगेको छ।

अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल

फ्रान्स विरुद्ध दुई गोल गरेसँगै रोनाल्डोको अन्तर्राष्ट्रिय गोल संख्या १ सय ९ पुगेको छ। यससँगै रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने इरानका अली दाईको कीर्तिमानलाई बराबरी गरेका छन् । दाईको पनि १ सय ९ गोल छ। अली दाईले १९९३ देखि २००६ सम्म इरानबाट फुटबल खेल्दै १४९ खेलमा १ सय गोल गरेका थिए। दाईको कीर्तिमान भेट्टाउन रोनाल्डोलाई भने १७८ खेल लाग्यो।

तोडियो अर्को रेकर्ड

तीन खेलमा पाँच गोल गरेसँगै रोनाल्डो विश्वकप र युरोकपमा गरि धेरै गोल गर्ने पहिलो युरोपियन खेलाडी बनेका छन् । रोनाल्डोले विश्वकप र युरोकप गरि दुई मुख्य प्रतियोगितामा धेरै गोल गर्ने युरोपियन खेलाडीको किर्तिमान बनाएका हुन्।

दुवै प्रतियोगोतामा रोनाल्डोले गरेको गोल संख्या २१ पुगेको छ। जससँगै रोनाल्डोले जर्मनीका मिरोस्लाभ क्लोजको किर्तिमानलाई तोडेका छन्। क्लोजले दुवै प्रतियोगितामा गरेर १९ गोल गरेका थिए।

प्रकाशित : बिहिबार, असार १०, २०७८०९:५७

रोनाल्डोले सबै भन्दा बढी कुन देश विरुद्ध बढी गोल गरेका छन् ? हेर्नुहोस् १ सय ९ गोलको विवरण !