रोनाल्डोले सबै भन्दा बढी कुन देश विरुद्ध बढी गोल गरेका छन् ? हेर्नुहोस् १ सय ९ गोलको विवरण !

एजेन्सी – एजेन्सी – युरोपेली च्याम्पियनसिपको साविक विजेता पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले बुधबार एक महत्वपूर्ण किर्तिमानसँग बराबरी गरे। यस अगाडी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्नेमा इरानका अली दाई रहेकोमा रोनाल्डो पनि थपिए।

बुधबार राति फ्रान्स विरुद्ध दुई गोल गर्दा रोनाल्डोले दाईलाई भेट्टाए। अली दाईले १९९३ देखि २००६ सम्म इरानबाट फुटबल खेल्दै १४९ खेलमा १ सय गोल गरेका थिए। दाईको कीर्तिमान भेट्टाउन रोनाल्डोलाई भने १७८ खेल लगाए।

पोर्चुगल युरोपेली च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गरिसकेको छ। आउने खेलमा पोर्चुगलका लागि एक गोल मात्र गर्न सकेको खण्डमा रोनाल्डोले दाईलाई पछि पार्नेछन्।

सबै भन्दा बढी कुन देश विरुद्ध रोनाल्डोको गोल ?

यो समय सम्म आइपुग्दा रोनाल्डोले पोर्चुगलका लागे १ सय ७८ खेल खेलेका छन्। रोनाल्डोले अहिले सम्म ४३ देश विरुद्ध गोल गरिसकेका छन्। रोनाल्डोले सबै भन्दा बढी लिथुआनिया र स्विडेन विरुद्ध सर्वाधिक गोल गरेका छन्। दुवै देश विरुद्ध रोनाल्डोले ७ गोल गरेका छन्।

त्यस्तै रोनाल्डोले एन्डोरा विरुद्ध ६ गोल गरेका छन् भने लक्जमबर्ग, लाटभिया र अर्मेनिया विरुद्ध ५-५ गोल गरेका छन्। रोनाल्डोले चार देश फारोइ आइल्याण्ड, इस्टोनिया, नेदरल्याण्ड्स र हंगेरी विरुद्ध समान ४ गोल गरेका छन्। बेल्जियम, डेनमार्क, उत्तरी आयरल्याण्ड, रूस, स्पेन र स्विजरल्याण्ड जस्ता देशहरु विरुद्ध रोनाल्डोले तीन गोल गरिसकेका छन्।

कुन देश विरुद्ध कति गोल ? हेर्नुहोस् सूची !

Country Goals
Lithuania 7
Sweden 7
Andorra 6
Armenia 5
Latvia 5
Luxembourg 5
Estonia 4
Faroe Islands 4
Hungary 4
Netherlands 4
Belgium 3
Denmark 3
Northern Ireland 3
Russia 3
Spain 3
Switzerland 3
Azerbaijan 2
Bosnia and Herzegovina 2
Camerooon 2
Cyprus 2
Czech Republic 2
Egypt 2
Kazakhstan 2
Saudi Arabia 2
France 2
Argentina 1
Croatia 1
Ecuador 1
Finland 1
Ghana 1
Greece 1
Iceland 1
Iran 1
Morocco 1
Germany 1
Wales 1
Ukraine 1
Slovakia 1
Serbia 1
Poland 1
Panama 1
North Korea 1
New Zealand 1

प्रकाशित : बिहिबार, असार १०, २०७८१३:२३

रोनाल्डोको प्रश्न “म भन्दा मेस्सी कसरी उत्कृष्ट भए ?”