रोनाल्डोको प्रश्न “म भन्दा मेस्सी कसरी उत्कृष्ट भए ?”

फुटबल जगतका निकै प्रशिद्ध नाम हो क्रिस्टियानो रोनाल्डो। जारी युरो कप २०२० मा पोर्चुगलका लागि निकै उत्कृष्ट प्रदर्शन गर्दै आएका रोनाल्डोको मानसिकतालाई सायदै कुनै खेलाडीले म्याच गर्न सक्छ। उत्कृष्ट प्रतिभा र कडा परिश्रमका साथै अटुट मानसिकताका कारण नै उनी आज फुटबल इतिहासकै सर्वोत्क्रोष्ट खेलाडी मध्येमा पर्छन्।

३६ वर्षीय पोर्चिगिज कप्तानको कुनै पनि परिस्थितिमा हार नमान्ने मनस्थितिले थुप्रै युवा खेलाडीहरुलाई प्रभावित गर्दै आएको छ। रोनाल्डो र मेस्सी बीच को उत्क्रोष्ट भन्ने प्रश्नमा हरेक मानिसको फरक-फरक धारणा हुने गर्छ। कसैलाई मेस्सी उत्कृष्ट लग्न सक्छ भने कसैलाई रोनाल्डो। यस्तै पूर्व इंगलिस खेलाडी ग्यारी लिनेकरले सधैं मेस्सी रोनाल्डो भन्दा उत्कृष्ट रहेको बताउने गर्छन्।

बिबिसी पण्डित लिनेकरको नजरमा अर्जेन्टिनी कप्तान मेस्सी फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडी हुन्। तर रोनाल्डोलाई भने लिनेकरको यो कुरा मन परेको छैन। उनले यसलाई साँच्चै नै व्यक्तिगत रूपमा लिएको ५ पटकका ब्यालुन डी ओर विजेता रोनाल्डोका पूर्व टिममेट रियो फर्डीनाण्डले बताएका छन्।

युरो २०२० को फ्रान्स विरुद्धको पोर्चुगलको खेल अघि उक्त खेलको कभरेजको समयमा फर्डीनाण्डले बताएका थिए कि रोनाल्डोले लिनेकरले मेस्सीलाई आफू भन्दा उत्कृष्ट मान्ने भन्दै अझै पनि आफूलाई म्यासेज गर्ने गरेको बताएका थिए। फर्डीनाण्डले भने,”रोनाल्डो जसरी पनि आफू सबैभन्दा बेस्ट बन्न चाहन्छन्। उनी निकै उत्कृष्ट खेलाडी हुन्। उनी आफूमा भएको हरेक चीज यस खेललाई दिन चाहन्छन्।”

रोनाल्डो सबैका लागि निकै राम्रो उदाहरण बनेका भन्दै उनले भने,”उनले आफ्नो आलोचनालाई एक इन्धनको रूपमा प्रयोग गर्छन्। तपाईं (लिनेकर) ले रोनाल्डो भन्दा मेस्सी उत्कृष्ट भन्नु भयो, उनले मलाई म्यासेज गर्छन् कि तपाईंले किन त्यसो भन्नु भयो। उनी त्यतिसम्म प्रतिस्पर्धात्मक छन् र बेस्ट बन्नको लागि यस्तै मानसिकता आवश्यक हुन्छ।”

प्रकाशित : बिहिबार, असार १०, २०७८२०:१४

बार्सिलोनालाई झड्का दिएका वाइनाल्डम उच्च लयमा, डच टिमलाई सहि बाटोमा डोर्याउँदै !