बार्सिलोनालाई झड्का दिएका वाइनाल्डम उच्च लयमा, डच टिमलाई सहि बाटोमा डोर्याउँदै !

एजेन्सी – जारी युरोपेली च्याम्पियनसिपमा डच राष्ट्रिय टोलीका कप्तान जिओर्जिनिओ वाइनाल्डम उच्च प्रदर्शन गरिरहेका छन्। नेदरल्याण्ड प्रतियोगिताको समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्दा उनको भूमिका धेरै महत्वपूर्ण रह्यो।

उनले प्रतियोगितामा ३ गोल गरिसकेका छन्। मिडफिल्डर वाइनाल्डमले डच टिमको कप्तानको मात्र नभई अलराउण्ड प्रदर्शन गरिरहेका छन्। पछिल्ला खेलहरुमा उनी मैदानको हरेक स्थानमा पुग्न सफल भएका छन्।

आक्रमण र डिफेन्सबीच समन्वयकारी भूमिकामा निर्वाह गर्ने कार्यमा उनी धेरै पनि पोक्त देखिएका छन्। हुन त उनी यस भन्दा अगाडी पनि राम्रो प्रदर्शन गर्दै आएका थिए। प्रिमियर लिग क्लब लिभरपुलमा हुँदा पनि उनले उच्च तहको खेल प्रदर्शन गर्ने गरेका थिए।

वाइनाल्डमले लिभरपुल छाडिसकेका छन्। हाल उनी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)मा अनुबन्धित छन्। उनी युरो सुरु भएपछि नै लिभरपुलबाट पिएसजी पुगेका हुन्।

लिभरपुल छाड्ने निर्णय पश्चात उनी क्याटलान क्लब बार्सिलोना जाने चर्चा थियो। तर, बीचमा पिएसजीको इन्ट्री भएपश्चात बार्सिलोनाको योजना चकनाचुर भएको थियो। बार्सिलोनाले अफर गरे भन्दा दोब्बर पारिश्रमिक दिन पिएसजी तयार भएपछि उनी पिएसजीमा अनुबन्धित भएका थिए।

लिभरपुललाई ठूलो घाटा

सन् २०२०-२१ को सिजनमा लिभरपुलले खास प्रदर्शन गर्न नसकेपनि वाइनाल्डमले भने एकनासको प्रदर्शन गर्न सफल भएका थिए। वाइनाल्डमले अहिले लिभरपुलमा भन्दा पनि राम्रो प्रदर्शन गरिरहेका छन्।

वाइनाल्डमलाई क्लबमा टिकाउन नसक्नु लिभरपुलका लागि ठूलो घाटाको विषय हुने देखिएको छ। वाइनाल्डम जतिको खेलाडी लिभरपुलले तत्कालै भेट्न सक्ने सम्भावना देखिन्छ।

प्रकाशित : शुक्रबार, असार ११, २०७८१६:१७

रामोसका प्रशंसामा खुले क्रुस, भने – रमोज बिनाको रियल म्याड्रिड मलाई थाहा थिएन !