हिजो घटेको सुनको मूल्य आज पनि घट्यो ! कति ?

काठमाडौँ – सुनको मूल्य लगातार दोस्रो दिन घटेको छ। असार महिनाको पहिलो हप्ता अत्याधिक महँगो भएर दोस्रो हप्ता केहि सस्तो भएको सुनको मूल्य आज घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाला सुनको मूल्य २ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९० हजार ५ सय कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि तोलामा २ सय रुपैंयाँले नै घटेको छ। नेपाली बजारमा आज तेजाबी सुन ९० हजार रुपैंयाँमा कारोबार भइरहेको छ।

यस अगाडी छापावाला सुन आइतबार ९० हजार, सोमबार ९० हजार ४ सय, मंगलबार ९१ हजार र बुधबार ९० हजार ७ सय रुपैंयाँमा कारोबार भएको थियो भने तेजाबी सुन आइतबार ८९ हजार ५ सय ५०, सोमबार ८९ हजार ९ सय ५०, मंगलबार ९० हजार ५ सय र बुधबार ९० हजार २ रुपैंयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य

आज सुनको मूल्य घटेपनि चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन। आज नेपाली बजारमा चाँदी १२ सय ९५ रुपैंयाँमा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित : बिहिबार, असार १०, २०७८११:१५

‘पैसा माग्दै आधा खल्तीमा,आधा बाड्दै गर्नैपर्छ?’ भन्दै फ्यानलाई दिए प्रदिपले यति धेरै जवाफ!