पोर्चुगल भर्सेस फ्रान्स: यी दुई दृश्य जसले सबैको ध्यान तान्यो … [भिडियो सहित]

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत साविक विजेता पोर्चुगल र साविक उपविजेता फ्रान्स बीच बुधबार राति भेट भयो। खेल २-२ को बराबरीमा टुंगिदा दुवै दुवै टोली प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरे।

बुधबारको खेलमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र फ्रान्सका किलियन एम्बाप्पे माथि सबैको नजर थियो। उक्त खेलमा रोनाल्डोले दुई गोल गर्दा एम्बाप्पेले कुनै गोल गर्न सकेनन्।

रोनाल्डोलाई एम्बाप्पे आफ्नो प्रेरणाको श्रोत मान्छन्। विभिन्न अवसरहरुमा एम्बाप्पेले रोनाल्डो आफ्नो प्रेरणाको श्रोत रहेको बताइसकेका छन्। रोनाल्डोले पनि एम्बाप्पेको प्रगति बारे खुलेर प्रशंसा गर्ने गरेका छन्। एम्बाप्पे कति सम्म अगाडी बढ्छन् भन्ने आफूले हेर्न चाहेको रोनाल्डोको भनाई रहने गरेको छ।

बुधबारको खेल पश्चात रोनाल्डो र एम्बाप्पे बीच कति राम्रो सम्बन्ध छ भन्ने रोचक दृश्य देख्न मिल्यो। खेल पश्चात दुवैले जर्सी साटासाट गरे। एक जीवित लेजेन्ड र लेजेन्ड बन्न सक्ने क्षमता भएका खेलाडी बीचको उक्त दृश्यले धेरैको ध्यान तान्यो।

अर्को एक दृश्य

बुधबारको खेलको पहिलो हाफ सकिएपछि रोनाल्डो र करिम बेन्जेमाले पनि जर्सी साटासाट गरे। रियल म्याड्रिडमा सँगै खेलेका यी दुईले जर्सी साटासाट गर्नु अगाडी मैदानमा केहि बेर कुराकानी पनि गरेका थिए।

बेन्जेमा र रोनाल्डो बीच भएको उक्त दृश्यले पनि धेरैको ध्यान तान्यो। उक्त दृश्यले रियल म्याड्रिडका समर्थकहरुलाई पूराना दिनहरु मात्र याद दिलाएन उत्साहित पनि बनायो। रियल म्याड्रिडमा रहेर यी दुईले धेरै उपाधिहरु जितेका थिए । रोनाल्डोको बहिर्गमन पश्चात रियलको मूख्य स्ट्राइकरको रुपमा बेन्जेमाले राम्रो प्रदर्शन गरिरहेका छन्।

https://twitter.com/ItzFreakout/status/1407789564555456512

प्रकाशित : बिहिबार, असार १०, २०७८२२:४२

जीवन विकास लघुवित्तको आईपीओ खुल्यो ! सर्वसाधारणको भागमा कति ?