आज शुक्रबार, कति छ सुनचाँदीको भाउ? हेर्नुहोस!

काठमाडौँ, असार ११। लगातार घटेको सुनको मुल्य आज साताको अन्तिम दिन अर्थात् शुक्रबार भने स्थिर रहेको छ । असार महिनाको पहिलो हप्ता अत्याधिक महँगो भएर दोस्रो हप्ता केहि सस्तो भएको सुनको मूल्य आज स्थिर रहेको  हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाला सुनको मूल्य आज बिहिबार कै मुल्य कायम रहेको छ। आज  छापावाला सुनको मूल्य ९० हजार ५ सय कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य९० हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यस अगाडी छापावाला सुन आइतबार ९० हजार, सोमबार ९० हजार ४ सय, मंगलबार ९१ हजार र बुधबार ९० हजार ७ सय रुपैंयाँमा कारोबार भएको थियो भने तेजाबी सुन आइतबार ८९ हजार ५ सय ५०, सोमबार ८९ हजार ९ सय ५०, मंगलबार ९० हजार ५ सय र बुधबार ९० हजार २ रुपैंयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य

आज सुनको मूल्य स्थिर रहेपनि चाँदीको मूल्य  भने तोलामा ५ रुपैयाले बढेको छ। आज नेपाली बजारमा चाँदी १३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित : शुक्रबार, असार ११, २०७८१२:१८

के तपाई सुनचाँदी किन्दै हुनुहुन्छ, यस्तो छ आज नेपाली बजारको मुल्य!