के तपाई सुनचाँदी किन्दै हुनुहुन्छ, यस्तो छ आज नेपाली बजारको मुल्य!

काठमाडौँ, असार १४। हप्ताको पहिलो दिन नै  बढेको सुनको मूल्य आज भने स्थिर रहेको छ।  आइतबार बढेको सुनको मूल्य आज सोमबार स्थिर  रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य आइतबारकै मुल्य कायम रहेको छ । आज  छापावाला सुनको मूल्य ९० हजार ७ सय रुपैयाँमा नै  कायम भएको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य स्थिर रहेको छ। आज नेपाली बजारमा तेजाबी सुनको मूल्य  ९० हजार २ सय रुपैंयाँमा कारोबार भैरहेको छ।

गत हप्ता सुनको मूल्य

गत हप्ता सुनको मूल्यमा धेरै नै उतारचढाव भयो। छापावाला सुन गत हप्ता ९० हजार देखि ९१ हजार रुपैंयाँ सम्ममा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुन भाने ८९ हजार ५ सय ५० देखि ९० हजार ५ सय रुपैंयाँ सम्ममा कारोबार भएको थियो।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि स्थिर रहेको  छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा चाँदीको मूल्य १३ सय ५ रुपैयाँमा  कायम भएको छ।

प्रकाशित : सोमबार, असार १४, २०७८१२:०८

आज असार १५ गते, घट्यो सुनचाँदीको मुल्य!