शनिबार बलिउड अभिनेता आमिर खान र उनकी श्रीमती किरण रावको सम्बन्ध विच्छेदको समाचारले बलिउड फिल्म जगतका सबैलाई चकित तुल्यायो। आमिर र किरण राव अब आ-आफ्नो जीवनको नयाँ अध्याय सुरू गर्न तयार छन्। दुबैको यो निर्णयमा मानिसहरुको मिश्रित प्रतिक्रिया आइरहेको छ। उनीहरुको निर्णयप्रति थुप्रै बलिउड स्टारहरुले पनि आफ्नो राय राखे। यसैबीच आमिर खानकी छोरी आइरा खानको पोस्ट अहिले चर्चामा रहेको छ।
बलिउडका मिस्टर परफेक्शनिस्ट आमिर खानकी छोरी आइरा खान प्राय: सामाजिक सञ्जालमा सक्रिय हुन्छिन्। उनी कहिले आफ्नो तस्बीरका कारण चर्चामा आउने गर्छिन् र कहिले आफ्नो बोइफ्रेन्डको कारण। सामाजिक सञ्जालमा आइराको राम्रो फ्यान फलोइंग रहेको छ जसको कारण उनका सबै जस्तो पोस्टहरु भाइरल हुने गर्छन्। तर यसपटक आइराको पोस्टलाई मानिसले उनका बुबा आमिर खानको सम्बन्ध विच्छेदसँग जोडेर हेरिरहेका छन्।
वास्तवमा, बुबा आमिरको सम्बन्धविच्छेद पछि आइराले आफ्नो इन्स्टाग्राममा एक स्टोरी सेयर गर्दै लेख्छिन्,’भोलि अर्को समीक्षा भोलि! अब के हुन्छ?’ आइराको यस स्टोरीले सामाजिक सञ्जालमा रहेका सबै मानिसलाई अलमल्लमा पारेको छ। सबै मानिस यहि सोचमा परेका छन् कि आइराले भोलि के गर्ने वाली छिन्। शनिबार सम्बन्ध विच्छेदको घोषणापछि आमिर खान र किरण राव आफ्ना प्रशंसकहरूको लागि एक भिडियो सन्देशमा एकसाथ देखिएका थिए। उनीहरुले आफ्नो बच्चालाई मिलेर आमा-बुबाको जसरी नै हुर्काउने पनि बताएका थिए।
आइरा आमिर खान र उनकी पहिलो पत्नी रीना दत्ताकी छोरी हुन्। आमिर र रीनाको एक छोरा पनि छन् – जुनैद खान। आमिर र रीनाको पनि आमिर र किरणको जस्तै १५ वर्षपछि सम्बन्ध विच्छेद भएको थियो, जसको ३ वर्षपछि आमिरले किरणसँग विवाह गरेका थिए।