जीवन विकास लघुवित्तको आइपिओको रिजल्ट कति बजेपछि हेर्न मिल्छ? यस्तो छ पछिल्लो अपडेट!

काठमाडौँ – जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ बाँडफाँड आज हुने  हुने भएको छ। सामाजिक संजालमा लाइभ गर्दै आइपिओ  बाँडफाँड  गर्न लागिएको हो । बिक्री प्रबन्धकले दिएको जानकारी अनुसार आइपिओ बाँडफाँड रिजल्ट केहि बेरमै हेर्न मिल्नेछ।

असार ११ गतेदेखि १५ गतेसम्म परेका आवेदनहरुको डाटा भेरिफिकेसन भैसकेको एनएमिबि क्यापिटलले जनाएको छ।

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओका लागि २० लाख ५९ हजार ३५८ जनाले आवेदन दिएको बताइएको छ। त्यसमध्येबाट योग्य आवेदक छान्ने काम सकिएलगतै बाँडफाँडको कार्य शुरु हुने बिक्री प्रबन्धकले जनाएको छ।

कम्पनीको १९ करोड ७७ लाख ३० हजार रुपैंयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ बिक्रीका लागि आवेदन खुला गरेको थियो। त्यसमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात ३० हजार ४२० कित्ता कर्मचारीहरु र ५ प्रतिशत दरको ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको थियो।

बाँकी १८ लाख ४८ हजार १५ कित्ता भने सर्वसाधारणको भागमा परेको थियो। माग भए भन्दा १६ दशमलव ७३ गुणा बढी रू. ३ अर्ब ९ करोड १० लाख ५३ हजार बराबरको ३ करोड ९ लाख १० हजार ५३० कित्ताका लागि आवेदन परेको कम्पनीले जनाएको छ। योग्य आवेदक मध्ये १ लाख ८४ हजार ७ सय ९६ जनाले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् भने बाँकी ५ जनाले ११ कित्ताका दरले शेयर प्राप्त गर्नेछन्।

प्रकाशित : बुधबार, असार २३, २०७८०९:५१

जीवन विकास लघुवित्तको आइपिओ बाँडफाँड: ५ जना भाग्यमानीले पाए ११ कित्ता!