आज फेरी बढ्यो सुनको मुल्य, घट्यो चाँदीको भाउ!

काठमाडौँ, असार ३०। आज सुनको मुल्य  बढेको छ ।  मंगलबार तोलामा २ सय रुपैयाले बढेको सुनको मुल्य आज फेरी ३ सय रुपैयाले बढेको छ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको  छ । जससँगै छापावाला सुनको मूल्य ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि तोलामा ३ सय रुपैयाँले नै बढेको छ। आज तेजाबी सुन ९२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यावसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य

आज चाँदीको मूल्य भने घटेको छ। नेपाली बजारमा आज चाँदीको मूल्य तोलामा रु ५  ले घटेको  छ । जससँगै आज चाँदी १३ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ।

प्रकाशित : बुधबार, असार ३०, २०७८११:०७

सुन ४ हप्ता यताकै महँगो !