सुन ४ हप्ता यताकै महँगो !

काठमाडौँ – पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्य आज पनि बढेको छ। हप्ताको पहिलो दिन स्थिर रहेर दोस्रो दिन घटी तेस्रो दिन बढेको सुनको मूल्य आज पनि बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैंयाँले बढेको छ। जससँगै नेपाली बजारमा छापावाला सुनको मूल्य ९२ हजार ७ सय कायम भएको छ। यस अगाडी छापावाला सुन आइतबार ९२ हजार ४ सय, सोमबार ९२ हजार २ सय र मंगलबार ९२ हजार ४ सय रुपैंयाँमा कारोबार भएको थियो।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि तोलामा ३ सय रुपैंयाँले नै बढेको छ। आज तेजाबी सुन ९२ हजार २ सय रुपैंयाँमा कारोबार भैरहेको छ। यस अगाडी तेजाबी सुन आइतबार ९१ हजार ९ सय, सोमबार ९१ हजार ७ सय र मंगलबार ९१ हजार ९ सय रुपैंयाँमा कारोबार भएको थियो।

आज सुन २८ दिन यताकै महँगो

बुधबार कायम भएको सुनको मूल्य २८ दिन यताकै महँगो रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज कायम भएको सुनको मूल्य असार २ गते यताकै महँगो रहेको छ।

चाँदीको मूल्य

सुनको मूल्य बढेपनि आज चाँदीको मूल्य भने घटेको छ। आज नेपाली बजारमा चाँदीको मूल्य तोलामा रु ५ ले घटेको छ। आज चाँदी १३ सय १५ रुपैंयाँमा कारोबार भैरहेको छ ।

प्रकाशित : बुधबार, असार ३०, २०७८११:२०

आज फेरी बढ्यो सुनको मुल्य, ३० दिन यताकै महँगो!