आज चाँदी यस वर्षकै सस्तो, सुनको मूल्य भने बढ्यो !

काठमाण्ड – नेपाली बजारमा सुनको मूल्य पुनः उकालो लाग्न थालेको छ। आइतबार घटेको सुनको मूल्य पुनः उकालो लाग्न थालेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला संको मूल्य ९३ हजार २ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ४ सय रुपैंयाँले बढेको छ। आज नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९२ हजार ७ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

यस अगाडी छापावाला सुनको मूल्य आइतबार ९२ हजार ६ सय र सोमबार ९२ हजार ८ सय रुपैंयाँ थियो भने तेजाबी सुनको मूल्य आइतबार ९२ हजार १ सय र सोमबार ९२ हजार ३ सय रुपैंयाँ थियो।

चाँदीको मूल्य

सुनको मूल्य बढेपनि आज चाँदीको मूल्य भने घटेको छ। नेपाल सुन चाँदी व्यावसायी महासंघका अनुसार नेपाली बजारमा आज चाँदीको मूल्य रु १० ले घटेर १२ सय ८० रुपैंयाँ कायम भएको छ।

आज कायम भएको चाँदीको मूल्य यस वर्षकै सस्तो रहेको छ। नेपाल सुन चाँदी व्यावसायी महासंघका अनुसार चाँदी आज जति सस्तो २०७८ मा भएको थिएन। गत वर्षको अन्तिम दिन अर्थात चैत ३१ गते १२ सय ६० रुपैंयाँमा कारोबार भएपछि आज नै चाँदी धेरै सस्तो भएको हो।

प्रकाशित : मङ्गलबार, साउन ०५, २०७८११:१३

दुई कम्पनीको आइपीओ खुल्ला ! कसले-कसले आवेदन दिन पाउँछ ?