ओलम्पिकमा मेस्सी-रोनाल्डो: मेस्सी बने हिरो, रोनाल्डो जिरो !

क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीले एक-एक पटक ओलम्पिकमा आफ्नो राष्ट्रको तर्फबाट सहभागिता जनाएका छन्। विश्व फुटबलका दुई सर्वोत्कृष्ट खेलाडी रोनाल्डो र मेस्सीले क्रमश: २००४ र २००८ को ओकम्पिकमा सहभागी भएका थिए। यी दुई स्टारले फुटबल जगतमा सम्भवत सबैजसो उपाधि जितिसकेका छन्।

२००८ मा बार्सिलोना सुपरस्टार लियोनल मेस्सीले अर्जेन्टिनाको लागि ओलम्पिक गोल्ड मेडल जितेको त प्राय: सबैलाई थाहा नै होला। तर के तपाईंलाई थाहा छ कि रोनाल्डोले पनि ओलम्पिकमा सहभागिता जनाएका छन्। २००४ एथेन्स ओलम्पिकमा १९ वर्षीय रोनाल्डोले पोर्चुगलको तर्फबाट खेलका थिए। त्यसोभए, युभेन्टस स्टारले उक्त ओलाम्पिकमा कस्तो प्रदर्शन गरे त ?

ओकम्पिकमा रोनाल्डोको प्रदर्शन

२००४ ओकम्पिकमा युवा रोनाल्डो पनि पोर्चुगिज फुटबल टोलीका सदस्य थिए। तर रोनाल्डोको लागि उक्त प्रतियोगिता निकै खराब रह्यो। पोर्चुगल आफ्नो ग्रुपमा इराक, मोरोक्को र कोस्टा रिका भन्दा पछि पुछारमा रह्यो। समूह चरणमा पोर्चुगलले मोरोक्को विरुद्धनिकालेको २-१ गोल अन्तरको जीत नै एक मात्र जीत थियो। प्रतियोगितामा रोनाल्डोको एक मात्र गोल पनि त्यहि खेलमा आएको थियो ।

२००४  ओलम्पिकमा पोर्चुगलको प्रदर्शन 

Matches Win Draw Loss GF GA Position
3 1 0 2 6 9 14

को थिए त उक्त प्रतियोगितामा रोनाल्डोका टिममेट ? 

Player Position
Jose Moreira Goalkeeper
Bruno Vale Goalkeeper
Mario Sergio Defender
Bruno Alves Defender
Ricardo Costa Defender
Fernando Meira Defender
Nuno Frechaut Defender
Jose Bosingwa Defender
Joao Paulo Defender
Raul Meireles Midfielder
Hugo Viana Midfielder
Carlos Martins Midfielder
Jorge Ribeiro Midfielder
Luis Boa Morte Midfielder
Hugo Almeida Forward
Luis Lourenco Forward
Danny Forward
Cristiano Ronaldo Forward

ओकम्पिकमा मेस्सीको प्रदर्शन

लियोनल मेस्सी २००८ बेइजिंग ओलम्पिकमा गोल्ड मेडल जित्ने अर्जेन्टिनी टोलीका महत्वपूर्ण खेलाडी थिए। यो मेस्सीको अर्जेन्टिनी करियरको पहिलो सफलता थियो। दिग्गज खेलाडी जुआन रोमन रिकेलमीको कप्तानीमा रहेको उक्त टोली प्रतियोगिताभर एक खेलमा पनि पराजित भएन। मेस्सीको नाममा उक्त प्रतियोगितामा २ गोल रह्यो।

२००८  ओलम्पिकमा अर्जेन्टिनाको प्रदर्शन 

Matches Win Draw Loss GF GA Position
6 6 0 0 11 2 1

को थिए त उक्त प्रतियोगितामा मेस्सीका टिममेट ?

Sergio Romero Goalkeeper
Oscar Ustari Goalkeeper
Nicolas Navarro Goalkeeper
Ezequiel Garay Defender
Fabian Monzon Defender
Pablo Zabaleta Defender
Federico Fazio Defender
Nicolas Pareja Defender
Fernando Gago Midfielder
Jose Sosa Midfielder
Ever Banega Midfielder
Juan Roman Riquelme Midfielder
Angel Di Maria Midfielder
Javier Mascherano Midfielder
Ezequiel Lavezzi Forward
Lautaro Acosta Forward
Diego Buonanotte Forward
Sergio Aguero Forward
Lionel Messi Forward

 

प्रकाशित : बुधबार, साउन ०६, २०७८११:३४

बार्सिलोनाको अर्को योजनामा धक्का, पिएसजीको इन्ट्रीको खल्बलियो माहोल !