जब कमल थापाले बाबुरामलाई जिउँदै मान्छेलाई बगाएको बिर्सिनुभयो भन्दै प्रश्न गरे …

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले जनता समाजवादी पार्टी(जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई आगोसँग नखेल्न चेतवानी दिएका छन्।

भट्टराईले आस्थाको विषयलाई व्यंग्य गर्दै एक पोस्ट ट्वीट गरेपछि ट्वीटर मार्फत नै जवाफ फर्काउँदै थापाले भट्टराईलाई आगोसँग नखेल्न चेतवानी दिएका हुन्।

भट्टराईले आस्थालाई खतरनाक चीज भन्दै आस्थाले धलाई फ्याँक्न र पिसाबलाई पिउन बाध्य बनाउने भन्दै एक तस्विर सार्वजनिक गरेका थिए। उक्त तस्विरमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि रहेका थिए।

“आस्था भनेको एउटा खतरनाक चीज हो । यसले तपाईंलाई दूधलाई फ्याँक्न र पिसाबलाई पिउन बाध्य बनाउँछ।”,बाबुरामले तस्विर ट्वीट गर्दै भनेका थिए।

बाबुरामले यसो भनेपछि थापाले आफूले खोलामा मान्छेको र’गत बगाको, मान्छेको ला’स बगाएको, जिउँदै मान्छेलाई नै बगाएको बिर्सिनुभयो भन्दै प्रश्न गरेका छन्।

थापा ट्वीटरमा लेख्छन्,”योगीले खोलामा दूध बगाउँदा तपाईंको टाउको दुख्छ तर तपाईं आफूले खोलामा मान्छेको र’गत बगाको, मान्छेको ला;स बगाएको, जिउँदै मान्छेलाई नै बगाएको चाहिँ बिर्सिनुभयो ?”

बाबुराम भट्टराई र कमल थापा बीच यस भन्दा अगाडी पनि ट्वीटरमा जुहारी परिसकेको छ। विभिन्न विषयमा यी दुई बीच ट्वीटरमा घोचपेच हुने गरेको छ।

प्रकाशित : बुधबार, साउन ०६, २०७८१६:०२

माधव नेपालको व्यंग्य प्रचण्डलाई गज्जब लाग्यो !