के अन्तराष्ट्रिय स्तरमा मेस्सी भन्दा रोनाल्डो सफल भन्ने एक भ्रम हो त ?

पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी कप्तान लियोनल मेस्सीको तुलाना गरिएको अन्तराष्ट्रिय करियर अहिले भाइरल भएको छ। गत साता मात्र मेस्सीले ब्राजिललाई उसकै घरेलु मैदानमा फाइनलमा १-० ले पराजित गर्दै करियरको पहिलो अन्तराष्ट्रिय उपाधिको रूपमा कोपा अमेरिका २०२१ उपाधि जित्न सफल भए।

४ पटकको असफलता पछि पाचौं पटक पाएको सफलताले मेस्सीले अन्तराष्ट्रिय उपाधिको मामिलामा पनि रोनाल्डोको बराबरी गरेका छन् जसले २०१६ मा युरोकप उपाधि र २०१९ मा नेशन लिगको उपाधि जित्न सफल भएका थिए। यसैबीच ट्वीटरमा @FutbolFax ले विस्तृत ग्राफिक्सको साथ मेस्सी र रोनाल्डोको अन्तराष्ट्रिय करियर तुलना गर्ने निर्णय गरे।

दुई देशहरूमा ध्यान किन्द्रित गर्नु भन्दा उनले दुबै खेलाडीको व्यक्तिगत अवार्डमा ध्यान केन्द्रित गर्ने निर्णय गरे। यस सम्बन्धमा एक स्पष्ट विजेता देखियो। मेस्सीले कोपा अमेरिका २०२१ मा मात्र दुई व्यक्तिगत अवार्ड हात परे: उच्च गोलकर्ता र उत्कृष्ट खेलाडीको अवार्ड। उनले प्रतियोगिताभर सबैभन्दा बढी असिस्ट पनि प्रदान गरे र अवश्य पनि उपाधि जित्न सफल भए।

यसका साथै अन्य उल्लेखनीय उपलब्धिको कुरा गर्दा २००८ मा ओलम्पिक गोल्ड जित्न सफल भएका थिए। मेस्सीले २०१५ को कोपा अमेरिका र २०१४ को विश्वकपमा पनि प्रतियोगिताको उत्कृष्ट खेलाडीको अवार्ड जितेका थिए।

त्यस्तै, रोनाल्डोको कुरा गर्दा अन्तराष्ट्रिय स्तरमा व्यक्तिगत अवार्ड त्यति प्रभावशाली छैन। उनले युरो २०२० मा जितेको उच्च गोलकर्ताको अवार्ड नै उनको प्रमुख प्रतियोगितामा जितेको एक मात्र व्यक्तिगत अवार्ड हो। तर उनले पोर्चुगललाई २०१६ मा युरो च्याम्पियन बनाउनुका साथै २०१९ मा नेशन लिगको उपाधि पनि जिताउन सफल भएका थिए।

साथै, रोनाल्डो अन्तराष्ट्रिय स्तरमा सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि हुन्। रोनाल्डोलाई अलि दाएइको १०९ गोलको रेकर्ड तोड्न एक गोलको मात्र आवश्यकता छ। रोनाल्डो आफैं पनि १०९ गोलमा रहेका छन्। यो विषयमा त उनको मेस्सीसँग तुलना नै गर्न मिल्दैन। तपाईंको नजरमा अन्तराष्ट्रिय स्तरमा को उत्कृष्ट हुन् त ? मेस्सी वा रोनाल्डो ?

प्रकाशित : बुधबार, साउन ०६, २०७८१७:४९

हाजार्डलाई पुनः अनुबन्ध गर्न लागी पर्यो चेल्सी, हालाण्ड पनि टार्गेट !