हाजार्डलाई पुनः अनुबन्ध गर्न लागी पर्यो चेल्सी, हालाण्ड पनि टार्गेट !

प्रिमियर लिग क्लब चेल्सीले क्लबका पूर्व स्टार इडेन हाजार्डलाई क्लबमा फर्काउन प्रयास थालेको छ । हाजार्ड २०१९ मा ८८ मिलियन पाउन्डमा स्पेनिस क्लब रियल म्याड्रिडमा पुगेका थिए ।

चोटका कारण रियलमा कठिन २ वर्ष बिताएका ३० वर्षीय हाजार्डले गत सिजन २१ खेलमा मात्रै मौका पाएका थिए । हाजार्डले रियलमा दुई सिजनमा ५ गोल मात्रै गर्न सफल भएका थिए । २०१२ मा फ्रान्सेली क्लब लिलबाट लन्डन क्लब चेल्सीमा पुगेका हाजार्डले चेल्सीमा ७ सिजन बिताउँदा ३५२ खेलमा ११० गोल गरेका थिए ।

स्पेनिस पत्रिका एएसका अनुसार चेल्सी यसै समरमा हाजार्डका लागि ५१ मिलियन पाउन्ड खर्चन तयार रहेको छ । रियल पनि यो मुल्यमा हाजार्डलाई बेच्न खुशी रहेको बुझिएको छ । चेल्सीले नर्वेजियन एर्लिङ हालान्डलाई अनुबन्ध गर्ने प्रयास पनि गरिरहेको छ । रियलमा हाजार्ड आफ्नो प्रदर्शनबाट आफैपनि खुशी हुन नसकिरहेको अवस्थामा रियलका समर्थक, आफ्नै समर्थक पनि खुशी हुन सकेका छैनन् ।

रियल यसै सिजनको च्याम्पियन्स लिगको सेमिफाइनलमा चेल्सीसँग पराजित भएको थियो । ३० वर्षीय फरवार्डले चोटकै कारण युरो २०२० को क्वाटरफाइनलको इटाली विरुद्धको खेल पनि गुमाएका थिए। अन्तिम १६ को पोर्चुगल विरुद्धको खेलमा घाइते भएका हाजार्ड समूह चरणको पहिलो खेलमा पनि चोटका कारण मैदान बाहिर नै थिए।

प्रकाशित : बिहिबार, साउन ०७, २०७८११:५७

“यो वर्षको ब्यालुन डी ओर मेस्सीले हैन जर्जिन्होले पाउनुपर्छ, मेस्सी भन्दा जर्जिन्हो धेरै योग्य छन्”