“यो वर्षको ब्यालुन डी ओर मेस्सीले हैन जर्जिन्होले पाउनुपर्छ, मेस्सी भन्दा जर्जिन्हो धेरै योग्य छन्”

जियानफ्रान्को जोलाका अनुसार यस वर्षको ब्यालुन डी ओर अवार्ड अर्जेन्टिनी कप्तानले भन्दा पनि इटालियन मिडफिल्डर जर्जिन्होले पाउनु पर्ने बताएका छन्। इटालियन मिडफिल्डरले गत सिजन चेल्सीको साथमा च्याम्पियन्स लिग र इटालीसँग युरो २०२० उपाधि जित्न सफल भएका थिए।

त्यस्तै, ३४ वर्षीय अर्जेन्टिनी कप्तानले करियरको पहिलो अन्तराष्ट्रिय उपाधि जित्न सफल भए। व्यक्तिगत रूपमा मेस्सीको लागि यो वर्ष निकै उत्कृष्ट रह्यो। जसको कारण ६ पटकका ब्यालुन डी ओर विजेता सातौँ पटक उक्त अवार्ड जित्नको लागि प्रमुख दाबेदार रहेका छन्। तर जोलाका अनुसार २०२१ मा मेस्सी भन्दा जर्जिन्हो उत्कृष्ट थिए।

जोलाले भने,”अहिले हामी मेस्सी जस्तो निकै उत्कृष्ट खेलाडीको बारेमा कुरा गर्दै छौं। उनले पहिलो पटक देशका लागि उपाधि जितेका छन्। तर के ब्यालुन डी ओर जर्जिन्होलाई दिनु पर्छ ? पक्कै पनि, उनी यसको योग्य छन्।”

जोलाले चेल्सी र इटाली दुबै टोलीका लागि गरेको प्रदर्शन निकै उत्कृष्ट रहेको भन्दै त्यसले योग्य सम्मान पाउनु पर्ने बताए।

प्रकाशित : बिहिबार, साउन ०७, २०७८१२:५०

जब कुरा आउँछ ड्रिबिलिङ मेस्सीको आसपास पनि छैनन् रोनाल्डो [तथ्यांक सहित]