जब कुरा आउँछ ड्रिबिलिङ मेस्सीको आसपास पनि छैनन् रोनाल्डो [तथ्यांक सहित]

क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी आधुनिक पुस्ताका दुई सर्वोत्कृष्ट खेलाडी हुन्। यी दुई खेलाडीले पछिल्लो १५ वर्षदेखि विश्व फुटबलमा राज गर्दै आएका छन्। त्यस्तै, पछिल्ला १२ ब्यालुन डी ओर मध्ये ११ ब्यालुन डी ओर यी दुई खेलाडीले जितेका छन्। पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले २००८, २०१३, २०१४, २०१६ र २०१७ मा गरी पाँच पटक यस प्रतिष्ठित अवार्ड जितेका छन्।

त्यस्तै, अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले रोनाल्डोले भन्दा एक बढी ६ पटक ब्यालुन डी ओर अवार्ड जितिसकेका छन्। उनले २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा उक्त अवार्ड हात परेका हुन्। फुटबल मैदानमा कुनै पनि टोलीलाई आफ्नो व्यक्तिगत कौशलले ढाल्ने सामर्थ्य राख्छन् यी दुई महान् खेलाडी। मेस्सी र रोनाल्डो दुबैलाई उत्कृष्ट ड्रिबलर पनि मानिन्छ।

पछिल्ला केहि वर्ष ड्रिबिलिङमा रोनाल्डो खस्किए पनि म्यानचेस्टर युनाइटेडमा हुँदा र रियल म्याड्रिडमा सुरुवाती केहि वर्षमा उनलाई विश्वकै सर्वश्रेष्ठ ड्रिबलर मध्ये एक मानिन्थ्यो। बढ्दो उमेरसँगै आफ्नो खेल परिवर्तन गरेका रोनाल्डो ड्रिबलरको कुरा गर्दा पछिल्ला केहि वर्षमा भने निकै खस्किएको देखिन्छ। युभेन्टसका रोनाल्डोलाई सायदै मानिसले ड्रिबिलिङ गर्दै गरेको देखेका होलान्।

हाल गोल स्कोरिंगमा ध्यान दिने रोनाल्डोले विशेषगरी म्यानचेस्टर युनाइटेडमा हुँदा ड्रिबिलिङको प्रतिभाले सबैलाई मोहित तुल्याउने गर्थे। तथ्यांक अनुसार रोनाल्डोले आफ्नो करियरमा सन् २००५/०६ को सिजनमा सबैभन्दा उत्कृष्ट ४ ड्रिबिलिङ प्रति ९० मिनेट पूरा गर्ने गर्थे। तर समयसँगै रोनाल्डो गोल स्कोरिङ तिर पुक्त हुँदै गर्दा ड्रिबिलिङ क्षमता भने खस्कँदै गयो।

अर्कोतर्फ, युवा उमेरदेखि नै ड्रिबिलिङ शैलीमा निकै उत्कृष्ट रहेका मेस्सी अहिले पनि विश्वकै सर्वश्रेष्ठ ड्रिबलरमा गनिन्छन्। फुटबल इतिहासकै कुरा गर्नुपर्दा पनि उनलाई इतिहासकै सर्वश्रेष्ठ ड्रिबलर डिएगो म्याराडोनासँग तुलना गर्ने गरिन्छ। ड्रिबिलिङकै कारण समथर्कमा आकर्षण बढाउनु मेस्सीको अर्को कला पनि हो।

ड्रिबिलिङको कुरा गर्नुपर्दा मेस्सीको सबैभन्दा उत्कृष्ट सिजन उनी मात्र २० वर्षको हुँदा आएको थियो। सन् २००७/०८ को सिजनमा मेस्सीले प्रति ९० मिनेट ९ ड्रिबिलिङ पूरा गर्ने गर्थे। मेस्सीको सबैभन्दा खराब सिजन पनि रोनाल्डोको सर्वोत्कृष्ट सिजनको तथ्यांक जस्तै रहेको छ। यसले प्रमाणित गर्छ कि रोनाल्डो मेस्सी भन्दा उत्कृष्ट गोल स्कोरर भएता पनि जब ड्रिबिलिङको कुरा आउँछ मेस्सीको आसपास पनि छैनन् रोनाल्डो।

प्रकाशित : बिहिबार, साउन ०७, २०७८१५:२९

यी हुन् विश्वका टप १० आक्रामक मिडफिल्डर: मेस्सी पहिलो स्थानमा, अरु को-को परे त ?