पुनः उकालो लाग्यो सुनको भाउ, आज कति ? [मूल्य सहित]

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य पुनः उकालो लागेको छ। आइतबार घटेको सुनको मूल्य सोमबार पुनः उकालो लागेको हो। शुक्रबारको तुलनामा साताको पहिलो दिन नै घटेको सुनको मूल्यमा आज भने सामान्य वृद्धि भएको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा १ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला संको मूल्य ९२ हजार १ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै नेपाल बजारमा आज तेजाबी सुनको मूल्य पनि तोलामा १ सय रुपैयाँले नै बढेको छ। आज तेजाबी सुन ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।


गत हप्ता छापावाला सुनको मूल्य सबैभन्दा बढी ५ गते मंगलबार ९३ हजार २ सय पुगेको थियो भने सबैभन्दा सस्तो ७ गते बिहिबार ९१ हजार ८ सयमा कारोबार भएको थियो भने तेजाबी सुनको मूल्य पनि ५ गते मंगलबार ९२ हजार ७ सय र सबैभन्दा सस्तो ७ गते बिहिबार ९१ हजार ३ सय कायम भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार १ हजार २७० मा कारोबार भएको चाँदी सोमबार पनि सोहि भाउमा कारोबार भइरहेको छ।

प्रकाशित : सोमबार, साउन ११, २०७८१२:१४

मञ्जुश्री फाइनान्सको संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म आवेदन दिन मिल्ने ? शेयर मूल्य कति ?