रोनाल्डो फर्किए इटाली: युभेन्टसमै बस्ने, कतै नजाने निर्णय गरे !

नयाँ सिजन सुरु हुनु अघि युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डो टुरिन पुगेका छन्। क्लबको प्रशिक्षण सुरु हुने केहि समय अगाडी नै रोनाल्डो इटाली पुगेका हुन्। सोमबारबाट प्रशिक्षण सुरु हुने भएकोले रोनाल्डो आइतबार नै टुरिन प्रस्थान गरेका हुन्।

युरो २०२० को अन्तिम १६ बाट नै बाहिरिएपछि उनी स्पेनमा बिदा मनाउन गएका थिए। क्लबसँग २०२२ सम्म सम्झौता भएको कारण उनले इटाली छाड्ने पनि निकै चर्चा चलेको थियो। गत केहि हप्ता स्पेनको मालोर्कामा छुट्टी मनाइरहेका रोनाल्डो व्यक्तिगत जेट मार्फत इटाली पुगेका हुन्।

५ पटकका ब्यालुन डी ओर विजेता सोमबार २०२१-२२ सिजनका लागि ट्रेनिङमा सामिल हुनु अगाडी उनको मेडिकल हुनेछ। यसअघि २०२२ मा सम्झौता सकिने रोनाल्डोलाई युभेन्टसले यहि समरमा बेच्न सक्ने बताइएको थियो। पीएसजी, म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी जस्ता क्लबसँग रोनाल्डोको नाम पनि जोडिएको थियो।

तर क्लब उपाध्यक्ष पाभल नेडभेडले रोनाल्डोको ट्रान्सफर बारे सबै चर्चा समाप्त गर्दै रोनाल्डो ओल्ड लेडीमै बस्ने बताएका थिए। नेडभेडले भने,”रोनाल्डो २६ जुलाईमा आउँछन्, उनलाई ट्रेनिङमा बोलाइएको छ। उनी आउँछन् र युभेन्टसमै बस्छन्।”

९ वर्ष रियल म्याड्रिडमा बिताएपछि २०१८ मा इटाली प्रस्थान गरेका रोनाल्डोले ओल्ड लेडीका लागि १३३ खेलमा १०१ गोल गरिसकेका छन्। ३६ वर्षीय स्ट्राइकरले गत सिजन सरी-ए मा ३३ खेलमा २९ गोल गर्न सफल भएका थिए।

प्रकाशित : सोमबार, साउन ११, २०७८१३:३६

सुपरस्टार क्रिकेटर शाहिद अफ्रिदीले इपिएल खेल्ने, काठमाडौं किंग्स एलेभेनसँग आवद्ध !