“२०१२ मा ९१ गोल गर्दा पनि रोनाल्डोको छायाँमा थिए मेस्सी, ब्यालुन डी ओरका योग्य थिएनन्”

सन् २०१२ बार्सिलोनाका २५ वर्षीय स्टार खेलाडी लियोनल मेस्सीको लागि निकै खास रह्यो। उनले उक्त एक वर्षमा ६९ खेल खेल्दै बार्सिलोनाका लागि ७९ र अर्जेन्टिनाका लागि १२ गोल गर्दै कुल ९१ गोल गर्न सफल भएका थिए।

मेस्सीले जर्मनी तथा बार्यन दिग्गज गर्ड मुलरको ४० वर्षीय पुरानो रेकर्ड तोडेका थिए। गर्ड मुलरले १९७२ मा एक क्यालेन्डर वर्षमा ८५ गोल गर्दै उक्त रेकर्ड बनाएका थिए। २०१२ मा उक्त रेकर्ड तोडेका मेस्सीले सोहि वर्ष आफ्नो करियरको लगातार चौंथो ब्यालुन डी ओर अवार्ड समेत जित्न सफल भए।

उक्त वर्ष मेस्सी एक्लैले म्यानचेस्टर युनाइटेड, पीएसजी, बोरुसिया डर्टमण्ड र चेल्सी जस्ता क्लब भन्दा बढी गोल गरेका थिए। वर्षभरमा कुल ९१ गोल गरेका मेस्सीले थप २९ गोलमा असिस्ट पनि प्रदान गरेका थिए। तर @ZISPECIALONE_ नामक एक फुटबल फ्यानको लागि भने मेस्सीको उक्त उपलब्धि त्यति उत्साहजनक लागेन र अर्जेन्टिनीको उक्त उपलब्धिलाई कम देखाउन थुप्रै तर्क दिन खोजेका छन्।

सबैभन्दा पहिले उक्त ट्वीटर प्रयोगकर्ता विश्वास गर्छन् कि उनलाई जाभी, इनिएस्टा र बुस्केट जस्ता मिडफिल्डरले मात्र राम्रो देखाएको हो। मेस्सीले च्याम्पियन्स लिगमा १२ खेलमा १३ गोल मात्र गर्न सफल भएका थिए। जसको कारण यी व्यक्ति सोच्छन् कि मेस्सी लालिगामा जाभी र इनिएस्टाको कारणले मात्र चम्किएका थिए।

https://twitter.com/ZISPECIALONE__/status/1418964493707751431?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1418964589413285891%7Ctwgr%5E%7Ctwcon%5Es2_&ref_url=https%3A%2F%2Fwww.sportbible.com%2Ffootball%2Fnews-fan-creates-thread-attempting-to-expose-lionel-messis-91-goal-year-20210726

उनले यो पनि बताएका छन् कि मेस्सीले २०१२ मा गरेको ९१ गोल मध्ये ७८, जसमा १४ पेनाल्टी गोल सामिल छ, गोल डी-बक्स भित्रबाट गरेका थिए, जसको कारण उनले मेस्सीलाई ट्याप-इन प्लेयरको संज्ञा दिएका छन्।

https://twitter.com/ZISPECIALONE__/status/1418964684187840516?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1418964828417372166%7Ctwgr%5E%7Ctwcon%5Es2_&ref_url=https%3A%2F%2Fwww.sportbible.com%2Ffootball%2Fnews-fan-creates-thread-attempting-to-expose-lionel-messis-91-goal-year-20210726

‘जेडआई’ ले मेस्सीले गरेको गोल कस्ता टोली विरुद्ध आएको बारेमा पनि प्रश्नचिन्ह खडा गरेका छन्। मेस्सीले बायर लेभरकुसेनको विरुद्ध ६, लेभान्ते, ओसासुना, रायो भालेकानो, रियल जारागोजा, रियल बेटिस र एस्पानियोलको विरुद्ध ४ चार गोल गरेका थिए।

https://twitter.com/ZISPECIALONE__/status/1418965040682704907?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1418965133288673286%7Ctwgr%5E%7Ctwcon%5Es2_&ref_url=https%3A%2F%2Fwww.sportbible.com%2Ffootball%2Fnews-fan-creates-thread-attempting-to-expose-lionel-messis-91-goal-year-20210726

जसपछि उनले एक स्टेटमेन्ट दिएका छन् कि,”मेस्सी त्यो वर्ष रोनाल्डोको छायाँमा थिए किनभने उनी एल-क्लासिकोमा हराएका थिए र रियल म्याड्रिडलाई लालिगा उपाधि जित्नबाट रोक्न पनि सकेनन्।” सारांशमा, उक्त फ्यानले मेस्सीको बर्ष “ओभररेटेड” र त्यस वर्ष मेस्सी ब्यालुन डी ओर जित्न योग्य पनि नरहेको बताउन खोजेका छन्।

https://twitter.com/ZISPECIALONE__/status/1418965284283637771?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1418965284283637771%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.sportbible.com%2Ffootball%2Fnews-fan-creates-thread-attempting-to-expose-lionel-messis-91-goal-year-20210726

के तपाईंलाई पनि मेस्सीको वर्ष २०१२ “ओभररेटेड” लाग्छ ?

प्रकाशित : सोमबार, साउन ११, २०७८१५:४२

मेस्सीलाई बार्सिलोना मै रहन रोनाल्डिन्होको सुझाव, बार्साका इतिहास भन्दै गरे प्रशंसा !