मेस्सीलाई बार्सिलोना मै रहन रोनाल्डिन्होको सुझाव, बार्साका इतिहास भन्दै गरे प्रशंसा !

पूर्व बार्सिलोना तथा ब्राजिलियन लेजेण्ड रोनाल्डिन्होले अर्जेन्टिनी कप्तान लियोनल मेस्सीलाई बार्सिलोना मै रहन सुझाव दिएका छन्। ३४ वर्षीय स्ट्राइकर क्याम्प नाउका सबैभन्दा ठूला दिग्गज बन्ने स्थितिमा रहेको भन्दै उनी बार्सिलोना मै बस्नु पर्ने रोनाल्डिन्होले बताए।

२००८ देखि रोनाल्डिन्होको नम्बेर १० को उत्तराधिकारी बनेका मेस्सीके उक्त जर्सीमा क्लबका लागि ६ सय भन्दा बढी गोल गरिसकेका छन्। त्यसैले पनि मेस्सीको सन्यासपछि बार्सिलोनामा कुनै पनि खेलाडीले जर्सी नम्बर १० लगाउने बारेमा सोच्न पनि नहुने रोनाल्डिन्होको बुझाई छ। गत जुन ३० देखि क्लबसँग सम्झौता सकिएसँगै फ्री-एजेन्ट भएका मेस्सीले बार्सिलोनासँग नयाँ सम्झौतामा हस्ताक्षर गर्ने पक्का जस्तै रहेको छ।

आफ्नो खेल जीवनका सबैभन्दा सुनौला दिनहरु बार्सिलोनामा बिताएका ब्राजिलियनले टुटोमर्काटोवेबसँग बोल्दै भने,”उनी बस्नै पर्छ। मेस्सी बार्सिलोनाका इतिहास हुन्। जब उनले सन्यास लिन्छन् तब उनले बार्सामा लगाएको जर्सी नम्बर १० कसैले छुने पनि हिम्मात गर्नु हुँदैन।”

बार्सिलोनामा मेस्सीका सुरुका वर्षमा उनले रोनाल्डिन्होसँग खेल्ने मौका पनि पाएका थिए। बार्सिलोनाका लागि मेस्सीको पहिलो गोलमा पनि रोनाल्डिन्होले नै असिस्ट दिएका थिए।

प्रकाशित : सोमबार, साउन ११, २०७८१७:०८

युभेन्टसको ट्रेनिङमा आकर्षणको केन्द्र बने रोनाल्डो, यस्तो तस्बिरले जित्यो सबैको मन !