युभेन्टसको ट्रेनिङमा आकर्षणको केन्द्र बने रोनाल्डो, यस्तो तस्बिरले जित्यो सबैको मन !

एजेन्सी – पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो इटालियन महारथी युभेन्टसको प्रशिक्षणमा फर्किएका छन् । उनको सरुवाबारे अनेक चर्चा बीच उनी सोमबारदेखि युभेन्टसको प्रशिक्षणमा जोडिएका हुन् ।

युरोकप २०२० का कारण ३६ वर्षीय रोनाल्डो युभेन्टसको प्रि सिजनमा आउन ढिलाई भएको थियो । अधिकांश स्टार खेलाडीहरु अझै पनि छुट्टीमै रहेका छन् । रोनाल्डो पनि झन्डै एक महिनाको छुट्टी बिताएर क्लबमा जोडिएका हुन् । रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल प्रि–क्वाटरफाइनलमा बेल्जियमसँग १–० ले पराजित हुदै युरोबाट बाहिरिरएको थियो ।

यो अवधिमा पाँच पटकको बालोन डि ओर विजेता रोनाल्डोको गन्तव्यबारे थुप्रै रुमर्सहरु आएको थियो । सोमबार क्लबको प्रशिक्षणमा जोडिएसँगै उनी यो सिजनसम्म युभेन्टस मै रहने अनुमान गर्न सकिन्छ । रोनाल्डोलाई फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले विशेष चासो देखाएको थियो ।

रोनाल्डो आइतबार साँझ नै टुरिन पुगेका थिए । उनीमात्रै होइन डच डिफेन्डर म्याथ्थिज डि लेग्ट, फ्रेन्च मिडफिल्डर एड्रिएन राविओट र स्विडिस फरवार्ड डिजान कुलुसेभ्स्की पनि युभेन्टसको प्रशिक्षणमा फर्किएका छन् ।

रोनाल्डो सोमबार युभेन्टसको टोलीको प्रशिक्षणमा सामेल हुदा उनी आकर्षणको केन्द्र बनेको थियो । युभेन्टसको प्रशिक्षण स्थल विनोभोमा उनले समर्थकसँग तस्विरमा रम्दै अटोग्राफ समेत दिएका थिए । उनी युभेन्ट्समा सम्झौताको अन्तिम सिजनमा रहेको छ । सम्झौता नविकरणको लागि पनि उनलाई खुला छ ।

क्लबका उपाध्यक्ष पाभेल नेडभेडले रोनाल्डो हामीसँगै रहने यसअघि नै बताइसकेका थिए । २०१८ मा स्पेनिस क्लब रियल म्याड्रिड छाड्दै युभेन्टस पुगेका रोनाल्डोले ३ सिजनमा १३३ खेलमा १०१ गोल गरेका छन् । दुई सिरी ‘ए’ को उपाधि पनि जितेका छन् ।

प्रकाशित : मङ्गलबार, साउन १२, २०७८१०:४४

नेइमार र बार्सिलोना बीच भयो सम्झौता, सकियो सबै लफडा !