नेइमार र बार्सिलोना बीच भयो सम्झौता, सकियो सबै लफडा !

स्पेनिस क्लब बार्सिलोना र पूर्व बार्सिलोना खेलाडी नेइमारले लामो समयदेखि चलिरहेको कानुनी विवादलाई समाप्त गरेका छन्। यी दुई पक्ष बीच नेइमार पीएसजी ट्रान्सफर भएसँगै बोनसको मामलामा कानुनी विवाद चलिरहेको थियो।

सन् २०१७ मा बार्सिलोनाबाट कीर्तिमानी २२२ मिलियनमा पीएसजी प्रस्थान गरेपछि ब्राजिलियन स्टार नेइमारले पहिलो पटक स्पेनिस महारथीका साथ जुधेका थिए। उनले पीएसजीसँग अनुबन्ध भएपछि पनि बार्सिलोनाले उनलाई केहि रकम बोनस दिन बाँकी रहेको बताएका थिए। जसपछि यी दुई पक्ष बीच अदालतमा नै कानुनी विवाद चल्दै आएको थियो।

यस्तोमा बार्सिलोनाले आफ्नो आधिकारिक वेबसाइट मार्फत जानकारी दिँदै नेइमार र क्लब बीच रहेको सबै विवाद टुंग्याउने सम्झौता भएको छ। क्लबले जारी गरेको स्टेटमेन्टमा लेखिएको छ,”एफसी बार्सिलोनाले घोषणा गर्दै छ कि ब्राजिलियन खेलाडी नेइमार डा सिल्भा सान्तोस जुनियरसँग खुला रहेका विभिन्न श्रम र नागरिक मुद्दाहरू सकारात्मक ढंगले टुंग्याइएको छ।”

यसका साथै श्रम र नागरिक केससँग सम्बन्धित तीन समाप्त नभएको मुद्दा समाप्त गर्नको लागि दुई पक्ष बीच लेनदेन सम्झौतामा हस्ताक्षर भएको पनि जनाइएको छ। ब्राजिलियन सुपरस्टार २०१३ मा सान्तोसबाट बर्सिलोनासँग अनुबन्ध भएका थिए। जसपश्चात सन् २०१७ मा पीएसजी प्रस्थान गर्नु अघि उनी ४ सिजन बार्सिलोनाको जर्सीमा खेलेका थिए।

नेइमार पीएसजीसँग अनुबन्ध भएपछि उनको करियर व्यवस्थापन गर्ने कम्पनीले ब्राजिलियनले बार्सिलोनासँग २०१६ मा नयाँ सम्झौतामा हस्ताक्षर गर्दाको बोनसको माग गर्दै आएको थियो। उक्त सम्झौताका अनुसार नेइमारले बार्सिलोनाको तर्फबाट ४३.६ मिलियन बोनस पाउनु पर्ने थियो। तर नेइमारको उक्त दाबी क्याटालान अदालतले खारेज गर्दै बार्सिलोनालाई ६.७ मिलियन जरिवाना तिर्न आदेश दिएको थियो।

प्रकाशित : मङ्गलबार, साउन १२, २०७८१२:००

जब रोनाल्डोले आफू फुटबलको राजा भनेर देखाइदिए [भिडियो सहित]